कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एप्पलले तीन वटा नयाँ मोडलको फोन सार्वजनिक गर्दै 

काठमाडौँ — एप्पलले सन् २०१८ मा तीन नयाँ मोडलका फोनहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आधिकारिक रुपमा नयाँ फोन सार्वजनिक गर्ने मिति तय भने गरेको छैन ।

एप्पलले तीन वटा नयाँ मोडलको फोन सार्वजनिक गर्दै 

विभिन्न सञ्चारमाध्यमका अनुसार कम्पनीले आइफोन–एक्सको अपडेटेड भर्सन सेप्टेम्बरसम्म सार्वजनिक गर्नेछ । ब्लमबर्गको रिर्पोट अनुसार एप्पलले ६.५ इन्च डिस्प्ले भएको नयाँ आइफोन सार्वजनिक गर्न सक्ने जनाएको छ । उक्त फोनलाई डी–३३ को कोड नाम दिइएको छ ।

डी–३२ कोड भएको दोस्रो फोन आइफोन–एक्सको अपडेटेड भर्सन हुनेछ । यस्तै, तेस्रो मोडलको फोन आइफोन–एक्सभन्दा केही सस्तो हुने बताइएको छ । फोनमा एड्ज–टू एड्ज डिस्प्ले र फेस आइडी जस्ता फिचरहरु रहने द इन्डियन एक्सप्रेसले जनाएको छ ।

एप्पलको नयाँ मोडलका आइफोनहरुमा ए–१२ चिपहरु प्रयोग हुनेछन् । कम्पनीले यही मार्च २७ तारिख अमेरिकाको सिकागोमा सस्तो म्याकबुक र आइप्याडहरुको घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।


प्रकाशित : चैत्र ११, २०७४ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?