डेलीभरी ब्वाई होइन, अब 'डेलीभरी रोबोट' 

दिनेश यादव

काठमाडौँ — बार्सिलोनाको स्टार्टअप कम्पनी ‘एलीपोर्ट’ र दक्षिण कोरियाली कम्पनी ‘वूवा ब्रदर्स’ ले आफ्नो उत्पादनहरु ग्राहकका घरमा डेलिभरी गर्ने रोबोट विकसित गर्नमा जुटेका छन् । यी रोबोटहरुले ग्राहकका घरैमा सुरक्षित र सस्तोमा सामानहरु पुर्याउनेछन् ।

अनलाईन सपिङको जमाना हो, यो । ग्राहकको अर्डर बमोजिम डेलिभरी ब्वाईहरुलाई घर–घरमै सामानहरु पुर्‍याउन भ्याइ–नभ्याई छ । यो बजार चम्केको देखेर धेरैजना यतै हाम फाल्न थालिसकेका छन् । उपभोक्तावादी हालको प्रतिस्पर्धी बजारमा जसले छिटो र छरितो मात्रै हैन सस्तोमा ग्राहकलाई सेवा प्रदान गर्छ, उसैको डिमान्ड बढी हुन्छ । शायद यो कुरा बुझेरै होला,
बार्सिलोनामा स्टार्टअपबारे समाचारहरु सार्वजनिक गर्ने ‘बार्सिन्नो डटकम’ का अनुसार त्यहाँका कम्पनीहरुले आफ्ना उच्च प्राविधिकहरुको सहयोगमा ‘डेलिभरी रोबोट’को निर्माण गरेको छ । यो रोबोटले पसलहरुबाट सामानहरु घरसम्म सुरक्षित रुपमा पुर्याउने काम गर्छ । ३० देखि ४० किलोग्रामसम्मको सामानहरुलाई यसले सजिलै बोक्न सक्छ । ‘एलिपोर्ट’ ले कम्पनीले विकसित गरेको रोबोटले थोरै पैसा र कम समयमा सामानहरु डेलिभरी गर्न सक्ने जनाएको छ ।

कम्पनीले बनाएको डेलिभरी रोबोट ब्याट्रीबाट चल्छ । एक पटक चार्ज गरेपछि यसले २५ किलोमिटरसम्मको यात्रा गर्न सक्छ । उक्त रोबोटको बाहिर समेत एउटा चार्जिङ सकेट जडान गरिएको छ, जसले आवश्यक परेको अवस्थामा कुनै पनि समय यसलाई चार्ज गर्न सकिन्छ । यसमा एउटा क्यामेरा र १४ वटा सेन्सर जडान गरिएको छ, जसको सहायताले रोबोटले पैदल हिडिरहेका मानिस, बाटोमा रहेको ढुंगा या खाल्डाखुल्डीलाई डिटेक्ट गर्दै आफ्नो बाटो परिवर्तन गर्न सक्ने क्षमता समेत छ । यति मात्रै हैन, यसमा जडान गरिएको नक्सा प्रणालीले डेलिभरी गर्नुपर्ने व्यक्तिको लोकेसन बडो सजिलो तरिकाले पहिचान गर्न सक्छ । सन २०१६ मा सार्वजनिक भएको एउटा रिपोर्टमा बेलायतमा झण्डै ८ प्रतिशत सामानहरु डेलिभरीका क्रममा ‘ड्यामेज’ भएर फिर्ता गरिएको थियो । ‘एलिपोर्ट’ ले आफ्नो रोबोटमा त्यस्तो ड्यामेज हुनबाट रोक्ने उपाय समेत अबलम्बन गरेको छ ।

कम्पनीले यो कुरालाई पनि ध्यानमा राखेर रोबोट बनाएको छ । कम्पनीले रोबोटमा एउटा कन्टेनर जडान गरेको छ, जसमा सामानहरुलाई बिना कुनै क्षतिको ग्राहकको घरसम्म पुर्याउन सकिन्छ । यसको मुख्य विशेषत भनेको यसलाई खोल्नका लागि पासवर्डको आवश्यकता पर्छ । पसलबाट जब सामान प्याक गरेर कन्टेनरमा राखिन्छ, त्यसपछि ग्राहकलाई पसल मालिकले पिनकोड दिने गर्छ । सामान ग्राहकहरुको घरसम्म पुगेपछि उक्त पिनकोड राखेर कन्टेनर सजिलै खोली आफ्नो सामान निकाल्न सकिनेछ । योसंगै बिल पनि हुनेछ । कम्पनीका अनुसार रोबोटको सहयोगमा डेलीभरी गर्दा ५० प्रतिशतसम्म पैसाको बचत हुन्छ । कम्पनीले सन २०२१ सम्ममा रो रोबोटलाई बिक्रीका लागि बजारमा उपलब्ध गराउने जनाएको छ ।

यसैबीच नयाँ प्रविधिहरुबारे जानकारी दिने ‘जेडडीनेट' का अनुसार कोरियाली फूड–टेक कम्पनी ‘वूवा ब्रदर्स’ ले पनि त्यस्तै खाले डेलिभरी रोबोटको विकास गर्नमा जुटिसकेको छ । दक्षिण कोरियाली उक्त कम्पनीले आफ्नो लोकप्रिय ‘बैदल मिन्जोक’ डेलिभरी एप्पमार्फत ग्राहकहरुसम्म फूड आइटमहरु पुर्‍याउदै आएको छ । अब डेलिभरी रोबोटको प्रयोग गरि आफ्नो फूड सामग्रीहरु डेलिभरी गरी उद्योगलाई विस्तार गर्न चाहेको छ ।

डेलिसियस डेलिभरीको छोटो रुप ‘डेली’ नाम दिएको उक्त रोबोटको व्यावसासिक उत्पादन अगामी ५ वर्ष भित्रै गरिसक्ने दाबी कम्पनीको छ । कोरियाली विश्वविद्यालयका एउटा टीम यो रोबोटको विकासमा गत जुलाईदेखि नै सक्रिय छ । यो रोबोटको प्रदर्शन चियोनान सहरमा यसै मे महिनाको शुरुमा गर्ने तयारी कम्पनीको छ । तत्कालका लागि यसले रेस्टुरन्टमा आएका ग्राहकका टेबलसम्म खानाहरु फूडहरु पुर्‍याउने र जुठो थालीहरु निश्चित ठाउँमा ल्याउने कामका लागि प्रयोग गरिनेछ । वूवा ब्रदर्शका अनुसार यो रोबोट परियोजना तीन चरणमा विकसित गरिने छ । पहिलो चरणमा इन्डोर वातावरणमा खाना डेलिभरी गर्नका लागि उक्त रोबोटको प्रयोग गरिनेछ ।

दोस्रो चरणमा भने रोबोटलाई इन्डोर र आउटडोरसम्म तयारी फूट आइटमहरु पुर्याउने गरि विकसित गरिनेछ । खास अपार्टमेन्टहरुमा यसको प्रयोग गरिनेछ । तेस्रो चरणमा रोबोटले रेस्टुरेन्टबाट ग्राहकका घरसम्म फूड आइटमहरु पुर्‍याउने गरि विकसित गरिनेछ । यो रोबोटको विकासले समय र पैसाकोसमेत बचत हुने दाबी कम्पनीको छ । रोबोटिक संसारमा सोफियाले चर्चा पाएजस्तै ‘डेलिभरी रोबोटहरु’ले पनि आफ्नो कामबाट ग्राहकहरुलाई सन्तुष्ट पार्ने दाबी प्राविधिकहरुको छ । उनीहरु भन्छन्, ‘मानिसहरु कामचोर हुन सक्छन तर रोबोटहरु बिना स्वार्थको मालिकको काम सजिलै र छिटो सम्पन्न गर्नेछन् ।’

प्रकाशित : चैत्र १२, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङ लागेर मजदुरको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरमा चट्याङ लागेर साेमबार एक जना मजदुरको मृत्यु भएको छ । चागुँनारायण–८ स्थित एक ईँटाभट्टामा कार्यरत हरिगढी नगरपालिका–५ बस्ने १७ वर्षीय सुरेन्द्र बेल तामाङको मुत्यु भएको हो ।

ईटाभट्टास्थित झ्याउली(छाप्रो)मा बसिरहेको अवस्थामा तामाङलाई सोमबार चट्याङ लागेको थियो।

उपचारका क्रममा भक्तपुरको एक अस्पतालमा तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

चट्याङका कारण मकवानपुर फापरबारी गाउँपालिका–५का १७ वर्षीया सन्जली योञ्जन घाइते भएकी छिन्।

प्रकाशित : चैत्र १२, २०७४ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्