कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'कनेक्ट टू नेपाल'ले थप्यो तीन सेवा 

काठमाडौँ — अमेरिकामा कम्यूटर प्रविधि पढेका तीन विद्यार्थी युवाहरुले स्थापना गरेको ‘कनेक्ट टू नेपाल’ ले पछिल्लो समयमा तीन वटा नयाँ सेवा थप गरेको छ ।

'कनेक्ट टू नेपाल'ले थप्यो तीन सेवा 

अब ‘कनेक्ट टू नेपाल’ एपबाट घरबाटै विजुलीको बिल तिर्न, इन्टरनेट र स्मार्ट सेल सेवा लिन सकिने छ । यो एप आइफोन र एन्ड्रोइड मोबाइलमा उपलव्ध हुनेछ । सेवा थपसँगै पुरानो एन्ड्रोइड प्रयोगकर्ताले पुन: यो एप डाउनलोड गर्नुपर्ने छ ।


नेपालका सवै डेबिट कार्डको थ्रीडी सेक्युरिटी नभएका कारण यो सेवा हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंकको कार्ड चलाउनु पर्नेछ । यसका लागि कार्ड होल्डरले बैंकमा बिल पेमेन्टको सेवालाई सुचारु गराउनु पर्नेछ ।


अमेरिका पढ्न गएका विद्यार्थी राजिव श्रेष्ठ, गोपाल सापकोटा र प्रलयराज भण्डारीले दुई बर्ष अघिदेखि यो सेवा सुचारु गरेका हुन् । सुरुमा मोवाइलमा पैसा ट्रान्सफर गर्ने काममा यो एपको प्रयोग गरिएको थियो । अहिले विस्तार गरेर घरमै बसीबसी बिल भुक्तानी गर्न सकिने सेवा विस्तार गरेका हुन् ।


‘खासमा यो इकमर्शलाई विस्तार गर्ने लक्ष्य हो । यसका लागि बैंकहरुको ठूलो भूमिका हुन्छ,’ प्रलयराज भण्डारीले कान्तिपुरसँग भने,‘नेपालका सवै बैंकहरुले पेमेन्ट प्रणालीलाई सहज बनाइदिए अझ यसलाई विस्तार गर्न सहज हुन्थ्यो ।’ सबै बैंकहरुले यो सुविधालाई सहज नबनाएका कारण यस्तो प्रविधिलाई व्यापक बनाउन अझै कठिनाई परेको उनले बताए ।


अमेरिकामा भित्रिएको प्रविधिलाई नेपालमा प्रयोग गर्नका लागि आफूहरुले यो एपको प्रयोग गरेको बताए । नेपाल लगायत विश्वका दश भन्दा बढी देशहरुले यो एपको प्रयोग गर्ने गरेका छन् । ‘कतिपय घरमा बृद्धा आमा बाबु मात्रै छन । उनीहरुलाई बिजुलीको बिल तिर्न अब काउन्टरमा गइरहनु पर्दैन, विदेशमै रहेको छोराले पैसा तिरीदिन सक्छ,’ उनले भने,‘यसले नेपालको अर्थतन्त्रलाई टेवा मात्रै दिदैनन्, घरपरिवारलाई समेत सहज बनाइदिएको छ ।’



प्रकाशित : चैत्र १७, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?