हुवावेकाे वाई सेरिजका नयाँ स्मार्टफाेन सार्वजनिक

काठमाडौँ — हुवावेले वाई सेरिजका नयाँ स्र्माटफोन सार्वजनिक गरेको छ । सोमबार राजधानीमा अायाेजित एक कार्यक्रममा कम्पनीले वाई सेरिजको वाई–९ २०१८ र वाई–७ प्रो सार्वजनिक गरेको हो । 

हुवावेकाे वाई सेरिजका नयाँ स्मार्टफाेन सार्वजनिक

वाई–९मा ईन्टेलिजेन्ट ४ क्यामेरा र फुल भ्यू डिस्प्ले जस्ता फिचरहरु छन् भने वाई–७मा ईन्टेलिजेन्ट ड्अल क्यामेरा र फुलभ्यू डिस्पले रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


यी फोनका दुवै मोडलहरुमा ट्रिपल सिम स्लट रहेको छ । कालो पहेँलो र नीलो कलरमा उपलब्ध हुने यी फोनको नेपाली बजारमा वाई–९को मूल्य २५ हजार ९ सय र वाई–७ प्रोको २० हजार ९ सय मूल्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०७४ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?