मानिसको दिमाग पढ्ने 'हेडसेट' 

दिनेश यादव

काठमाडौँ — मुखबाट आवाजै ननिकालिकन कुराकानी गर्न सकिने उपकरणको अविष्कार बैज्ञानिकहरुले गरेका छन् । सामाजिक सञ्जालमा च्याटिङको बेला जस्तो शब्दहरु पनि यसमा टाइप गर्न पर्दैन । कम्प्युटर प्रणालीमा आधारित यो उपकरणले तपाईले भन्न खोजेको कुरो बुझेर जबाफ फर्काउन सक्छ ।

मानिसको दिमाग पढ्ने 'हेडसेट' 

शोधकर्ताहरुले उक्त उपकरणको परीक्षण १० जनामाथि गर्दा ९२ प्रतिशत सही परिणाम आएको छ । उपकरणले अनुसन्धानमा सहभागि गराईएकाहरुको मनका कुरा (इन्टरनल भोकलाइजेसन) लाई ९० प्रतिशत भन्दा बढी डिटो अनुवादित (ट्रान्सक्राइब्ड) गरेको थियो । परिणाम सकारात्मक भएकाले शोधकर्ताहरु हौस्सिएका छन् ।


अमेरिकास्थित म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजी (एमआईटी) का शोधकर्ताहरुले उक्त उपकरण बनाएका हुन् । मानिसको मनको कुरा र विचार पढ्न सक्ने उपकरणको नाम ‘अल्टरईगो हेडसेट’ राखेका छन् । उनीहरुले यसलाई व्यक्तिका मनका कुरा 'ट्रान्सक्राइब' गर्ने कम्प्युटर इन्टरफेस भनेका छन् । प्रयोगकर्ताले नबोलिकनै (अभाषिक) रुपमा अभिव्यक्त गरेका कुरालाई हुबहू यसले अनुवाद गर्छ । जोडले बोल्नु पर्दैन ।


लगाएर हिड्न सकिने यो डिभाइसले एउटा कम्प्युटिङ प्रणाली अन्तर्गत काम गर्छ । डिभाइसमा प्रयोग गरिएका इलेक्ट्रोडहरु बङ्गारा र अनुहारको न्युरो–मस्क्युलर (स्यानु–मांशपेशीय) संकेतहरु ग्रहण गरेपछि तपाईको मस्तिष्कबाट संचार भएका इन्टरनल भर्बलाइजेसन्सलाई सजिलै ठम्याउन सक्छ । यसलाई मानिसको आँखाले भने हेर्न सकिंदैन । उपकरणमा आउने संकेतहरू एउटा मेसिन-लर्निङ सिस्टमबाट ग्रहण हुन्छ । जसमा विशेष शब्दहरुसंगै विशेष संकेतहरु सहभागी गराएर प्रशिक्षित गरिएको छ । यन्त्रमा एक जोडी बोन–कन्डक्सन हेडफोन्स पनि राखिएको छ, जसले अनुहारका हाडहरुको माध्यमबाट उत्पन्न कम्पनहरु भित्रि कानसम्म पुर्‍याउछ । तर कानको नलीमा भने कुनै अवरोध गर्दैन । यी हेडफोनहरु कुराकानीमा कुनै बाधा नपुर्‍याई प्रयोगकर्ताको मनको कुराबारे जानकारी प्रदान गर्न सक्षम छ ।

तपाईका मनलाई पढेर तपाईले चाहेकै कुराबारे सुचना दिन्छ । तपाईका शब्दहरुको विशेष संकेतको विश्लेषण गरी विचार पढ्न सक्ने हैसियत पनि यो उपकरणको छ । यसले शब्दहरुसंग विशिष्ट संकेतहरुलाई जोड्ने काम समेत गर्छ । हो, एमआईटीका शोधकर्ताहरुले बनाएको ‘अल्टरईगो डिभाईस’ले तपाईको दिमागलाई पढ्न सक्छ ।

यो हेडसेटमा जडित प्रणालीले प्रयोगकर्ताको कान वरपर सक्रिय रहँदै बंगाराको अनुसरण गर्दै त्यसको तल पुग्छ र एउटा कम्प्युटर प्रणाणीमा जोडिन्छ । यसमा रहेका इलेक्ट्रोडहरुले बंगारा र अनुहारमाथि न्युरोमस्कुल्यर संकेत ग्रहण गर्दै तपाईले बोल्न खोजेको कुरालाई बुझ्छ अनि सम्प्रेसन गर्छ । यो हेडसेटले प्रयोगकर्ताको मस्तिष्क भित्र के कुरा खेलिरहेको छ, त्यसको पनि जानकारी प्राप्त गर्छ ।


शोधकर्ताहरुले २० शब्दहरुको सीमित शब्दावलीको उपयोग गर्दै चेस र आधारभूत गणितका गुण र जोडका समस्याहरु समाधान गर्नेसहितको विभिन्न गतिविधिहरुमा यो डिभाईसको परीक्षण गरेका छन् । यसो त यो डिभाईसलाई अन्त्यन्तै चलाख भनिएको छ किनभने तपाईको मनको कुरो चाँडै जो बुझ्ने गर्छ । यति हुँदाहुँदै पनि यो अझै सीमित छ । शोधकर्ताहरु भन्छन्, ‘यसमा मात्र २० शब्दहरुको प्रयोग गर्दा ९० प्रतिशत शुद्धतासहितको परिणाम आएको छ । समय अनुसार यो बढ्न सक्ने आशा हाम्रो छ ।’


उनीहरुले संकलन गरेको डेटा र त्यसको विश्लेषणबाट सकारात्मक संकेत प्राप्त भएको बताएका छन् । ‘परिणाम राम्रै देखिरहेका छौं’ उनीहरु भन्छन्, ‘केही दिनभित्रै हामी मुखबाट आवाजै नलिकालिकन पूर्ण वार्तालाप गर्न सक्षम हुनेछौं ।’ शोधकर्ताहरु आफ्नो उपकरणको थप परीक्षण गर्नका लागि टेलिभिजनको चलचित्र छनौट गर्नमा पनि उपयोग गरेका थिए । परिणाम राम्रो आएको उनीहरुको दाबी छ ।

शोधकर्ताले हेडसेट निर्माणका क्रममा अनुहारको सबैभन्दा विश्वसनीय न्युरोमस्क्युलर संकेत ग्रहण गर्ने लोकेसन पत्ता लगाएका थिए । यसका लागि चार पटकसम्म शब्दहरुको एउटा शृंखलालाई ‘सब–भोकल गर्नका लागि’ विषयवस्तु छनौट गरिएको थियो । यस क्रममा अनुहारको विभिन्न स्थानमा १६ वटा जति इलेक्ट्रोडहरुको प्रयोग गरिएको थियो । त्यसपछि उनीहरुले डेटाको विश्लेषण गर्नका लागि कोड तयार गरेका थिए । यसबाट के पत्ता लाग्यो भने अनुहारमा सात विशेष स्थानहरु ननभर्बल (गैर–शब्दावली) शब्द थाहा पाउन सक्षम छ । ती स्थानहरुमा सेन्सरको प्रयोग गर्दै डिभाइसलाई उन्नत बनाउने प्रयास गरियो । तर शोधकर्ताहरु यतिमै सन्तुष्ट छैनन् । बंगाराको चार सेन्सरसंग काम गर्ने उपकरण बनाउने तर्खरमा छन् ।


शोधकर्ताहरुले यो हेडसेटको प्रयोग विमानको फ्लाइट डेक जस्तो बढी आबाज आउने स्थानमा काम गर्ने मानिसका लागि उपयोगमा ल्याउन सकिने बताए । त्यस्तै मार्ट या सुपरमार्केटमा समान खरिद गर्न जाँदा यो किनौ या त्यो किनौ भन्ने स्थितिको अन्त्य गर्दै तपाईका मनमस्तिष्कले सोचेको या चाहेको कुरा खरिद गर्न पनि यो उपकरणले सहयोग गर्ने दाबी गरिएको छ । यसका अन्य थप उपयोगिताहरुबारे उनीहरु सोधखोज गरिरहेका छन् ।


प्रकाशित : चैत्र २७, २०७४ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?