कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एनसेलले ल्यायो ‘सही’ डाटा प्याक

दैनिक १ घण्टाको नि:शुल्क भिडियो स्ट्रिमिङ बोनस 

काठमाडौँ — एनसेलले ‘फ्यूल योर फन’ योजना अन्तर्गत ‘सही’ डाटा प्याक संचालनमा ल्याएको छ । बिहीबारदेखि लागु भएको यो प्याकमा १० गुणा बढी डाटा प्राप्त गरी थप सुलभ दरमा इन्टरनेट सुविधा लिन सकिने कम्पनीले जनाएकाे छ ।

एनसेलले ल्यायो ‘सही’ डाटा प्याक

साेही प्याक मार्फत प्रयोगकर्ताले बोनस वाफत दैनिक एक घण्टा नि:शुल्क भिडियो स्ट्रिमिङको सुविधा पनि दिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


यो योजनाअन्तर्गत आधा जीबी देखि १५ जीबीसम्म १ देखि ३० दिन चौबिसै घण्टा चलाउन सकिने अल टाइम डाटा प्याकहरु ३९ देखि ७ सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सकिनेछ ।


यो सेवा लिएका ग्राहकले प्याक अवधिभर दैनिक एक घण्टा नि:शुल्क भिडियो स्ट्रिमिङको सुविधा पाउनेछन् । भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब, युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) का भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्लेस्टोर, म्याप लगायतमा पनि स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : चैत्र २९, २०७४ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?