कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेसबुकको फेक एकाउन्ट पहिचान गर्ने 'एल्गोरिथम्’

दिनेश यादव

काठमाडौँ — फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा फेक (नक्कली) एकाउन्ट खोल्नेहरुको पहिचान गर्न र त्यसलाई रोक्न वैज्ञानिकहरुले एउटा नौलो प्रणालीको विकास गरेका छन् । उक्त प्रणालीले कुनैपनि मुलुकको सुरक्षा, शोध संस्था र दुताबासमाथि बढ्दो साइबर जासुसी खतरालाई नियन्त्रण समेत गर्न सकिने दाबी गरिएको छ ।

फेसबुकको फेक एकाउन्ट पहिचान गर्ने 'एल्गोरिथम्’

फेक आईडी बनाएर कुनैपनि व्यक्तिको चरित्र हत्या गर्ने र एउटै व्यक्तिले धेरै नामबाट सामाजिक सञ्जाल चलाउने गतिविधिलाई निरुत्साहित गर्न यो उपयोगी प्रणालीको विकास गरिएको शोधकर्ताहरुले बताएका छन् ।

‘साइन्सडेली’ अनलाईनका अनुसार यो प्रणालीले कयौं सोसल नेटवर्कमा फोन प्रयोगकर्तालाई समेत पत्ता लगाउन सजिलो बनाईदिने छ ।

बेन–गुरियन युनिभर्सिटी अफ दि नेगेभ (बियर–शेभा, इजराइल) र वाशिंगटन विश्वविद्यालय (सिएटल) का शोधकर्ताहरुले उक्त प्रणालीको विकास गरेका हुन् । उनीहरुले फेसबुक र ट्वीटरसहित विभिन्न सामाजिक सञ्जालमा फर्जी खाता पत्ता लगाउने एकदमै नौलो र सामान्य प्रणाली विकसित गरेको जनाएका छन् । ‘एल्गोरिथ्म’ नाम दिइएको उक्त प्रणालीबारे ‘सोसल नेटवर्क एनालिसिस् एन्ड माइनिङ’ मा विस्तृत रिपोर्ट प्रकाशित गरिएको छ । यो नयाँ प्रणाली फेक एकाउन्ट नेटवर्कमा अन्य उपयोगकर्ताहरुका लागि असम्भव लिंक स्थापित गर्ने धारणामा आधारित रहेको छ । बेन–गुरियन विश्वविद्यालयका प्रमुख शोधकर्ता दीमा कागन भन्छन, ‘निर्वाचनलाई प्रभावित गर्नका लागि रुसद्वारा सोसल मिडियालाई लक्षित गतिविधिबारे सार्वजनिक समाचारहरुले धेरैलाई चिन्तित बनाएकै हुनुपर्छ, यसले केही समस्या समेत सिर्जित गरेको थियो । त्यस्तो समस्या नआउने गरि एल्गोरिथ्मको विकास गरिएको हो । यसमा फेक युजरहरुलाई समाजिक संजालमा महत्व नदिनेगरि प्रविधि राखिएको छ ।’


यो प्रणालीमा मेसिन–लर्निंग एल्गोरिथ्मका आधारमा दुई मुख्य प्रणालीहरुको उपयोग गरिएको छ । पहिलो हो, एल्गोरिथ्मले लिंक पूर्वानुमान क्लासिफायर बनाएर उच्च तर सटिक अनुमान लगाउन सक्छ । तपाईसंग जोडिएको मित्रको एकाउन्ट फेक हो/होइन त्यसलाई पुष्टि गरिदिन्छ । यसले दुई उपयोगकर्ताका बीच रहेको लिंकका संभावना (प्रोबेब्लिटी) हरु के–के हुन सक्छ, बुझ्न सकिन्छ । दोस्रो हो, पुनरावृत्ति लिंक, जसमा भविष्यवाणी गर्ने लिंकको सुविधाहरु दिएर त्यसकै आधारमा फेक आईडी हो/होइन पत्ता लगाउन सकिन्छ । यसै आधारमा मेटा–फिचर्समा एउटा नयाँ सेट उत्पन्न गरिन्छ । यो फिचर्सको उपयोग गरि एउटा सामान्य क्लासिफायरको निर्माण गर्दै विभिन्न अनलाईन वा सोसल नेटवर्कमा फर्जी प्रोफाइल पत्ता लगाउन सजिलो हुने दाबी शोधकर्ताहरुको छ । उनीहरु भन्छन्, ‘वास्तविक जीवनमा मित्रताको परिदृश्यमा हामी ती मानिसलाई पत्ता लगाउन सक्छौ, जोसंग हाम्रो प्रगाढ मित्रता त छँदैछ, तिनीहरुसंगै गलत भावना र मानसिकता लिएर सञ्जालमा आएकाहरुलाई चिन्न सक्छौं । हो, त्यो परीक्षण गर्न यो विधि उपयोगी हुन सक्छ ।’ खासगरि फेसबुक र ट्वीटरमा विभिन्न खाले प्रयोगकर्ताहरु आउने गरेका हुन्छन् । नयाँ ‘एल्गोरिथम्’ले ति सबैलाई फिल्टर गर्न सक्छ । ‘हाम्रो प्रणाली अन्य विसंगतिहरुलाई पत्ता लगाउने सजिलो र सहि तरिका हो । साइबर सुरक्षा क्षेत्रमा यो एउटा कोशेढुंगा हुनेछ’ कागनले भने ।


यो प्रणाली विकसित गर्नका लागि बेन–गुरियन विश्वविद्यालयका शोधकर्ताहरुले पहिले सोसल प्राइभेसी प्रोटेक्टर (एसपीपी) विकास गरेका थिए । त्यसको उपयोग तिनीहरुले प्रयोगकर्तालाई केही सेकेन्ड मै आफ्ना मित्रहरुको सूचीको मूल्यांकन गर्न उपयोगमा ल्याए । जसमा तिनीहरु सफल पनि भए । यसले सामाजिक संजाल उपयोगकर्ताहरुलाई आफ्ना असली मित्रको मुल्यांकनसहित पहिचान गर्न सहयोग प्राप्त हुनुका साथै तिनीहरुलाई चिन्न पनि सहयोग पुगेको थियो । यसमा परस्पर लिंकका आधारमा एल्गोरिथम्ले महत्वपूर्ण सहयोग गरेको थियो । परस्पर लिंक बीच सम्बन्ध नभएको अवस्थामा त्यो एकाउन्ट फर्जी प्रोफाइल हुन सक्ने निस्कर्षमा पुग्न यो प्रणालीले मद्दत गर्छ ।


सरकारी निकायहरुको वेबसाइट ह्याक गरिएको समाचार पटक–पटक आउने गरेकै थियो । हालै फेसबुक डेटा चोरी भएको विषय सार्वजनिक भएको छ । यी र यस्ता विषयले पुरै विश्वलाई साइबर क्षेत्रमा सावधानी र सचेतता आपनाउनु पर्नेमा जोड दिएको पुष्टि हुन्छ । साइबर अपराध या गोप्य डेटाको चोरी प्राय:फर्जी (फेक) एकाउन्ट वा आइडीबाटै हुँदै आएका छन् । साइन्सडेली र गल्फन्युजमा प्रकाशित समाग्री अनुसार वैज्ञानिकहरुले फेक आईडीलाई तत्कालै पहिचान गर्न उपयोगमा ल्याइएको ‘एल्गोरिथम्’मा फर्जी एकाउन्टमार्फत नेटवर्टमा विद्यमान अर्को प्रयोगकर्ताहरुलाई अनौठो खालको लिंक पठाइने गरिन्छ । त्यसैको आधारमा नक्कली एकाउन्टलाई सजिलै चिन्न सकिनेछ । शोधकर्ता दीमा कगानले अगाडि भनेका छन्, ‘हालैका दिनहरुमा प्रयोगकर्ताको एकाउन्टलाई सुरक्षित राख्न चुनौति बन्दै गएको थियो, यो चिन्ताजनक विषय पनि हो । खासगरि निर्वाचनलाई प्रभावित गर्नका लागि रुसद्वारा सामाजिक सञ्जाल लक्षित प्रयोगको पहिचान गर्दै त्यसलाई रोक्न सजिलो हुनेछ ।’ उनका अनुसार शोधकर्ता टोलीका सदस्यहरुले ‘एल्गोरिथम्’को परीक्षणपछि पछिल्लो निस्कर्षमा पुगेको हो । ‘हामीले हाम्रो एल्गोरिथम्को परीक्षण १० फरक–फरक सामाजिक सञ्जालमा रहेको नक्कली र वास्तविक डेटा संग्रहमाथि गर्यौं ’ उनले भने, ‘ दुबैमा सकारात्मक संकेतहरु प्राप्त भएका छन् ।’


प्रकाशित : वैशाख ९, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?