१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

५८ करोड बढी फेसबुक एकाउन्ट डिलिट

एजेन्सी

काठमाडौँ — फेसबुकले पछिल्ला ५ महिनामा ५८ करोड ३० लाख बढी एकाउन्ट डिलिट गरेको जनाएको छ ।

५८ करोड बढी फेसबुक एकाउन्ट डिलिट

आफ्नो नीतिविपरीत सञ्चालनमा रहेका यस्टा एकाउन्ट बन्द गरिएको फेसबुकले मंगलबार सार्वजनिक गरेको हो ।


यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री राखेको कम्पनीले जनाएको छ । सन् २०१६ मा अमेरिकी निर्वाचनमा फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरी प्रचार गरिएको विषय सार्वजनिक भएपछि फेसबुकको आलोचना हुँदै आएको छ ।


क्याम्ब्रिज एनालिटिका विवाद भनिने यो घटनाका कारण फेसबुकमाथि पारदर्शी बन्नुपर्ने दवाब बढ्दै गएको छ । फेसबुकका कूल एकाउन्टमध्ये अझैं ४ प्रतिशतसम्म एकाउन्टहरु नक्कली हुनसक्ने अनुमान छ ।


तर, फेसबुकले भने शतप्रतिशत नक्कली एकाउन्ट डिलिट गरिएको दाबी गरेको छ । उसले पछिल्लो ५ महिनामा ८३ करोड ७० लाख बढी पोष्टहरु पनि डिलिट गरिएको जनाएको छ ।


केही दिन अघि फेसबुकसँग जोडिएर प्रयोगकर्ताको तथ्यांक संकलन गर्ने २ सय बढी एपलाई पनि आफ्नो प्लेटफर्मबाट डिलिट गरिएको कम्पनीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?