कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सामसङलाई ५० करोड डलर जरिवाना

एजेन्सी

काठमाडौँ — सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

सामसङलाई ५० करोड डलर जरिवाना

सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएपछि सामसङले उक्त निर्णयविरुद्ध पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

उक्त मुद्दाको पुनरावलोकन गर्दै अमेरिकी अदालतले अहिले ५० करोड ३० लाख डलर जरिवाना मात्रै तिरे पुग्ने फैसला सुनाएको हो । सामसङलाई मुख्यत: आईफोनको तीन डिजाइन चोरी गरेको आरोप छ । तर, विश्लेषकहरूले भने सामसङ यो क्षतिपूर्तिको निर्णयको पुनरावलोकनका लागि पुन: अदालत जान सक्ने टिप्पणी गर्छन् । क्यालिफोर्नियाको अदालतले पुराना प्रमाणहरूको विश्लेषण गर्दै जरिवाना रकमको निक्र्योल गरेको हो ।सामसङले भने आफूले करिब २ करोड ८० लाख डलर मात्रै क्षतिपूर्ति तिरे पुग्ने जिकिर गर्दै आएको छ । एप्पलले भने आफ्नो आइफोन बिक्रीबाट प्राप्त नाफाको आधारमा ठूलो रकम क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएको थियो ।

सामसङलाई साढे दुई अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी एप्पलले गरेको थियो । सन् २००७ मा सार्वजनिक भएको आइफोनको होम बटनसहित विभिन्न डिजाइन सामसङले चोरी गरेको आरोप एप्पलको थियो । सन् २०११ मा एप्पलले सामसङविरुद्ध क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?