१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपाल टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा सुरु

काठमाडौँ — भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।

नेपाल टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा सुरु

सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्त्वपूर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।


चार जिल्लाका ७ सय ४७ स्थानमा नि:शुल्क इन्टरनेट पुर्‍याउने जिम्मा टेलिकमले पाएको थियो । बाँकी स्थानमा असार मसान्तसम्म सेवा सुरु गरिसक्ने टेलिकमले जनाएको छ ।


चार जिल्लाका २ सय ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ४७ हेल्थपोस्ट र २ सय ४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन मिल्ने व्यवस्था गरिएको छ ।

यी स्थानमा कम्तीमा ५ सय १२ केबीपीएस गतिमा इन्टरनेट चल्नेछ । यस्ता इन्टरनेट २ वर्षसम्म नि:शुल्क प्रयोग गर्न पाइनेछ ।


ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानमा दुई वर्षसम्म नि:शुल्क इन्टरनेट पुर्‍याउन विभिन्न इन्टरनेट सेवा प्रदायकलाई जिम्मा दिएको थियो ।


प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच भएको सम्झौताअनुसार दुर्गम जिल्लाका स्थानीय निकायका कार्यालयहरू, विद्यालय, स्वास्थ्यचौकीमा यस्तो इन्टरनेट उपलब्ध हुनेछ ।

अहिलेसम्म ४० भन्दा बढी जिल्लामा इन्टरनेट सेवा विस्तारका लागि सम्झौता भइसकेको छ ।


प्राधिकरणले प्रारम्भिक चरणमा भूकम्पबाट अति प्रभावित जिल्लामा नि:शुल्क इन्टरनेट सेवा विस्तार गर्न विभिन्न निकायसँग सम्झौता गरेको थियो ।

प्रकाशित : जेष्ठ २१, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?