कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एन्टेना बिनै टिभी सिग्नल !

दिनेश यादव

काठमाडौँ — अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी । 

एन्टेना बिनै टिभी सिग्नल !

उसले २५ वर्षअघि परिकल्पना गरेको फिचरयुक्त टेलिभिजन ल्याउन नसकेपनि १०८०आई/७२०पी क्षमतासहितको टिभी चाहिँ विगतमा बजारमा पस्किसकेको छ । कतिले यसलाई मन पराए/पराएनन्, त्यो आफ्नै ठाउँमा छ । तर उसको पछिल्लो उत्पादनले धेरैको मन जित्ने विश्वास लिएइको छ । विश्व आज ‘फोरके (४के)’ युगमा प्रवेश गरिसकेकाले त्यसै अनुरुपको आधुनिक उत्पादन बजारमा ल्याउने क्रममा उक्त संस्थाले ‘एटीएससी ३.०’ को घोषणा गरेको छ ।


सम्भवतः अर्को वर्ष यसलाई बजारमा उतार्ने तयारी छ । अल्ट्रा एचडी टिभीहरु जति तीब्र गतिमा विकास भइरहेको छन्, ‘फोरके’ त्यसको तुलनामा मन्द गतिमै छ । तर, अब ‘एटीएससी ३.०’ ल्याउनमा ढिलाई नहुने दाबी कम्पनीको छ । विज्ञान/प्रविधिबारे नयाँ–नयाँ जानकारी दिने ‘सिनेट डटकम’अनलाइनका अनुसार यहाँ प्रयोग गरिएको ‘३.०’ को अर्थ ‘२ बेटर देन १.०’ हो ।


‘एटीएससी ३.०’ लाई ‘नेक्स्ट जेन’ टिभी पनि भनिएको छ । तर, यो कछुवाको तालमा मात्रै अघि बढेकाले अर्को वर्ष मात्र आउने भएको हो । यसको परीक्षण विभिन्न स्टेसनमा गरिसकिएको छ । उच्च र लो स्टेसनहरुमा फोनिक्स र डलासलगायतका कम्पनीले पनि यसको परीक्षण गरिसकेको छ । परीक्षणबाट राम्रो परिणाम आएको ‘सिनेट डटकम’ मा उल्लेख छ ।


केबुल, स्याटेलाइटबाट लाइभ टिभी हेर्न रुची नभएकाहरुका लागि ‘एटीएससी ३.०’ एउटा बरदान सावित हुने दाबी निर्माताहरुको छ । केबुल नपुगेका क्षेत्र, खासगरी ग्रामीण क्षेत्रहरुका टिभी पारखीहरुले यसको उपयोग सजिलै गर्न सक्छन् । यो टिभीको रिजोलुसन राम्रो छ । अल्ट्रा एचडी, फोरके टिभीको सुखानुभूति गराउन सक्ने यसको डाइनामिक रेञ्ज पनि उच्च छ । ‘एटीएससी ३.०’ को रिफ्रेस रेट १२० हर्ज रहेकाले घर भित्रपनि राम्ररी बिना एन्टेनाको टिभी कार्यक्रमहरु हेर्न सकिनेछ ।


नेसनल एसोसिएसन अफ ब्रोडकास्टर्सका कार्यकारी उप–प्रमुख डेन्निस ह्वार्सनका अनुसार ‘एटीएससी ३.०’ लाई अगामी वर्षको क्रिसमसमा सर्वसाधारणका लागि बजारमा ल्याइने छ । उच्च क्वालिटीको भिडियोहरु हेर्न सकिने यो टेलिभिजनको फ्रेम रेट १२० फ्रेम्स प्रति सेकेण्ड रहेको छ । ओएफडीएम ब्रोडकास्ट प्रविधि अपनाइएको यो टिभी घरभित्रमात्रै होइन ठूल्ठूला भवन नजिकै पनि सजिलै मोबाइलमा झै हेर्न र चलाउन सकिन्छ ।


‘एटीएससी ३.०’ लाई फोनमा समेत जडान गरि हेर्न सकिन्छ । यसले केबुल, स्याटेलाइट टिभीलाई कुनै प्रभाव पार्दैन । यसमा प्रयोग गरिने एचडी टर्नरलको मूल्य अहिले ३० देखि ४० अमेरिकी डलर मात्र रहेकाले यो अन्य प्रविधियुक्त टेलिभिजनको तुलनामा केही सस्तो पनि हुने दाबी एटीएससीको छ ।


यसले एन्टेनामा आधारित टेलिभिजनलाई विस्थापित गर्ने निश्चित छ । यसमा फोरके युएचडी जडान गरिएकाले यसमा आउने फोटाहरुको गुणवत्ता अत्यन्तै राम्रो छ । खासगरी हाई डाइनामिक रेन्ज (एचडीआर), वाइड कलर ग्यामट(डब्लुसिजी) र हाईफ्रेम रेट(एचएफआर) लगायतका नयाँ सुविधाहरु यसमा रहेकाले जहाँ कही पनि प्रयोगगर्दा ‘होम थिएटर’ को सुखानुभूति हुनेछ । बिना एन्टेनाको एक भन्दा बढी च्यानलहरु उच्च क्वालिटीका साथ हेर्न सकिनेछ । यसमा एसी-३ को साटो डोल्बी एसी-४ साउन्ड प्रणालीको प्रयोग गरिएको छ ।


यो टिभी ‘सिस्टम डिस्कभरी एन्ड सिंगनलिङ’ बाट संकेतहरुको खोजी गर्दै आफ्नो कार्य थाल्छ । त्यसपछि ट्रान्समिसनको भौतिक तह (फिजिकल लेयर) मा प्राप्त बाइट्सले ६ मेगाहर्ज क्षमताको संकेत हावामा प्रेषित गर्छ । इन्टरनेट प्रोटोकल्समा पुगेका ती संकेतहरुलाई व्यवस्थित गर्दै प्रसारणका लागि पठाउँछ । त्यसमा तस्बिर र ध्वनीका संकेत/तरंगहरु समेत मिसिएका हुन्छन् ।


प्रस्तुतिका लागि टिभीमा युएचडी, एचडी र एसडी मल्टिकास्ट र इमर्सिभ अडियो पनि जडान गरिएको हुन्छ । अन्त्यमा टिभीमा जडित सफ्टवेयरले एप्लिकेसन्सलाई स्क्रिनमा उतार्छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित : जेष्ठ २२, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?