रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

रासस

काठमाडौँ — मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज बिहीबार टोखास्थित भूतखेल चौरमा उडाइयो ।

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

राष्ट्रिय विज्ञान प्रदर्शनीमा रु ४० हजारबाट प्रथम पुरस्कार जित्न सफल सो हवाइजहाजको आज प्रदर्शन गरिएको हो ।


कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अधिकारीले नमूना हवाइजहाज बनाएर राम्रो काम गरेकामा विद्यार्थीलाई धन्यवाद दिए । नमूना हवाइजहाजको निर्माता विश्वकर्माले सामाजिक सञ्जालमा हेरेर हवाइजहाज बनाइएको जानकारी दिए । सो अवसरमा टोखा नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै एक हजार विद्यार्थीको सहभागिता थियो ।

प्रकाशित : जेष्ठ २४, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?