कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’

दिनेश यादव

काठमाडौँ — महत्वपूर्ण डेटाहरु चोरी हुने र संग्रह गर्न समस्या भएकाले त्यसबाट मुक्ति पाउन शोधकर्ताहरुले एउटा छुट्टै प्रविधियुक्त कम्प्युटरको विकास गर्नमा जुटेका छन् ।

विशाल डेटा स्टोरका लागि ‘डिएनए कम्प्युटर’

खासगरि थुप्रै गोप्य डेटाहरुलाई थोरै ठाउँमा कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे उनीहरु केन्द्रित भएका छन् । यसको शुरुवात अमेरिकी खुफिया नियोगले गरेको छ । नियोगले एउटा यस्तो कम्प्युटर विकसित गर्नमा जुटेको छ्, जसमा सुचनालाई ‘डिएनए’ र अन्य जैविक कणहरुमा स्टोर (जम्मा) गर्न सकिने छ ।


सुन्दा अप्यारिलो लाग्ने यो प्रविधिमा अमेरिकी नेसनल इन्टेलिजेन्स कार्यालय अन्तर्गतको ‘इन्टेलिजेन्स एड्भान्स रिसर्च प्रोजेक्ट्स एक्टिभिटी (इरपा) ले हात हालेको छ । उसले हालै सार्वजनिक गरेको अनौठो यो यन्त्र बनाउने घोषणाले धेरैलाई चकित पारेको छ । ‘इरपा’ ले भनेको छ, ‘संस्थाले विकास गर्न चाहेको उपकरणमा पारम्परिक ‘हार्ड ड्राइभ’ को स्थानमा ‘जैविक कणहरु’ को प्रयोग गरिनेछ ।’ डेटा संग्रहका लागि प्रयोग गरिने यो माध्यमलाई ‘मोलेक्यूलर इन्फर्मेशन स्टोरेज’ नाम दिइएको छ । यसको विकासका लागि छ वर्षको कार्ययोजना समेत तयार गरिसकिएको छ ।


व्यक्तिगत जानकारीहरुको ‘असिमित’ मात्रालाई सुरक्षित बनाउन पेन्टागनले सन २०२८ सम्ममा डिएनएमा आफ्नो सम्वेदनशील डेटालाई स्टोर गर्न चाहेको इरपाले जनाएको छ । उसले विकसित गर्न लागेको ‘डिएनए स्टोरेज’ मा लाखौं वर्षसम्म डेटाहरुको ‘असीमित’ मात्रालाई स्टोर गर्न सक्ने क्षमता हुनेछ । अमेरिकी खुफिया अधिकारीले मानिसको जीन (वशांणु) को संरचना आधारमा त्यसको विकास गर्न जुटेको जनाएका छन् । विल्कुलै नयाँ खालको यो स्टोरेज प्रणाली विकसित गर्न ‘इरपा’ले एउटा शोध टोलीको खोजी कार्य थालिसकेको छ । टिमलाई १० वर्षभित्रै ‘एक्साबाइट स्केल’ मा जानकारीलाई सुरक्षित बनाउने गरि डेटा संग्रह गर्ने उपकरण विकसित गर्नु पर्नेछ । शोधकर्ताहरुका अनुसार शिर्ष ‘आईफोन एक्स’ मोडेलको मेमोरी क्षमताको तुलनामा एउटा ‘एक्सबाइट’ को डाटा क्षमता चालिस लाख गुणा बढी हुन्छ । डिएनएमा डिजिटल डेटा स्टोर गर्नका लागि पारम्परिक तरिका भन्दा धेरै लाभदायी हुने दाबी उनीहरुको छ । कोलम्बिया विश्वविद्यालयका एक जना कम्प्युटर वैज्ञानिक यानिभ इर्लिचले ‘साइन्स’ पत्रिकासंगको एक साक्षात्कारमा भनेका छन्, ‘क्यासेट र सिडीहरुको युग भन्दा यो प्रविधि भिन्नै खालको छ । यसको उपदेयता पनि धेरै छ, यो व्यवहारिक पनि हुनेछ ।’


नयाँ–नयाँ प्रविधिको यो युगमा एकै समयमा धेरै मात्रामा डेटाहरु स्टोर गर्न र पढ्न सकिने डिएनएन प्रविधियुक्त उपकरणको क्षमतासमेत बढाउन सकिने दाबी गरिएको छ । वाशिंगटन डीसीस्थित प्रयोगिक अमेरिकी शोध संस्था ‘इरपा’ ले तत्काल चार वर्षको योजनाका लागि रकम उपलब्ध गराउने जनाएको छ । यो अवधिमा शोध टोलीद्वारा एउटा ‘टेबल टप डिभाइस’ बनाइ सक्ने अपेक्षा गरिएको छ ।


उक्त डिभाइस ‘अनुक्रम नियन्त्रित पोलिमर्स (सिक्वीन्स कन्ट्रोल पोलिपर्स) मा डेटालाई लेख्न र स्टोर गर्न सक्षम हुनेछ । मानव शरिरमा पाइने डिएनएको जस्तै संरचना भएको सिन्थेटिक अणुहरुबाट यो बनाइनेछ । टोलीले डेटालाई संग्रह गर्न, पढ्न र खोज्न सक्षम हुनेगरि अपरेटिङ सिस्टमको पनि विकास गर्ने जनाएको छ । यो प्रणालीले सरकारी अधिकारीहरुलाई जानकारी खोज्न र एक्सेस गर्नका लागि अनुमति प्रदान गर्नेछ । ‘इरसा’ले यसबारेको घोषणा ‘फेडरल बिजनेस अपरच्र्युनिटिज’ वेबसाइटमा पोस्ट गरेको छ । त्यसमा भनिएको छ, ‘सिस्टममा एक टेराबाइट लेख्न र १० टेराबाइट् पढनै पर्ने खालको प्रविधि विकसित गर्नु पर्नेछ ।’ एक टेराबाइट १ हजार गीगाबाइटको बराबर हुन्छ, यसले २५० मिलियन (२५ करोड) पृष्ठलाई स्टोर गर्न सक्छ । ‘इरपा’का अनुसार यो सिस्टम दस वर्षभित्र ‘एक्साबाइट स्केल’ मा भविष्यमा प्रयोग गर्न सकिने गरि एउटा स्पष्ट र व्यावसायिक रुपमा मार्ग प्रशस्त हुनेगरि विकसित गरिने छ ।

एक ‘एक्साबाइट’ एक बिलियन (अर्ब) गीगाबाइटसंग बराबर हुन्छ । ‘लाइब्रेरी अफ कंग्रेस’ मा एक लाख पटक मुद्रित सामग्रीलाई सञ्चय गर्न सकिन्छ । ‘क्याल्टेक’ शोधकर्ता राय विलियक्सका अनुसार डेटामा पाँच एक्साबाइट ‘मानवद्वारा बोलिएको सबै शब्दहरु’ लाई स्टोर गर्ने क्षमता हुन्छ । विश्वभर मानिसहरुले हरेक दिन डेटाहरुको थुप्रो उत्पन्न गर्छन् । अब त्यसलाई व्यवस्थित गर्न नयाँ प्रविधिले सहयोग पुग्नेछ । त्यसैले अमेरिकी खुफिया अधिकारीले यसमा जोड दिएको बताइएको छ ।


कम्प्युटर सफ्टवेर फर्म ‘डोमा’का अनुसार ‘२०२० सम्ममा प्रत्येक दिन १४० गीगाबाइट डाटा उत्पन्न हुनेछ, अगामी दिनहरुमा यो बढ्ने अपेक्षा गरिएको छ, त्यसलाई व्यवस्थापन गर्ने तयारी भइरहेको’जनाएको छ । त्यस्तै, डेटा आर्काइभिङ गर्न प्रत्येक वर्ष अर्बौ खर्चिने भएकाले आधुनिक एक्साबाइट–स्केल त्यसका लागि बरदान सावित हुने दाबी शोधकर्ताहरुको छ । परम्परागत अर्काइभिङ प्रणालीले धेरै कम्प्युटरमा धेरै ठाउँ ओगटने गरेकोले अगामी दशकमा त्यसमा व्यापक सुधार हुनुपर्ने महशुश गर्दै आफूहरु नयाँ प्रविधिको खोजीमा रहेको ‘इरपा’ले जनाएको छ । कयौं शोधकर्ताहरुले सानो सिन्थेटिक डिएनएन अणुहरुमा डेटाको विशाल रिम स्टोर गर्ने तरिका विकास पहिले नै गरिसकेका छन् । आशा छ कि यो प्रविधि विशाल डेटा स्टोरेज सुविधाहरुलाई व्यवस्थित पार्नेछ किनभने डिएनए र यसै खालका पोलिमर्स पारम्परिक प्रविधिको तुलनामा एक लाख गुणा बढी कुशलतापूर्वक जारकारीहरुलाई स्टोर गर्न सक्छ ।

प्रकाशित : असार ४, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?