कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चालकरहित बस सञ्चालनमा

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । 
प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

चालकरहित बस सञ्चालनमा

५ वर्षको परीक्षणका लागि बुधबारदेखि सर्वसाधारणलाई सेवा दिने गरी सरु भएको उक्त बसलाई फिल्न्डर्स एक्सप्रेस वा फ्लेक्स नाम दिइएको छ । १५ यात्रु बस्न मिल्ने बसमा एकजना सहयोगीले यात्रुहरुलाई आवश्यक निर्देशन दिनेछन् । बस कुन रुटमा चलाउने तय गरेर प्रोगाम गरेपछि यात्रुहरुलाई सेवा प्रदान गर्दछ ।


यात्राका लागि नि:शुल्क बुक गर्न मिल्ने कारमा जीपीएस, सेन्सर, राडरलगायतका वैज्ञानिक पद्धथिहरु जडान गरिएको युनिभर्सिटीका सिभिल इन्जिनियर प्रोफेसर रोक्को जिट्टोले जनाएका छन् ।


तत्कालका लागि युनिभर्सिटीबाट नजिकको क्लोभली रेल स्टेसनसम्म मात्र सञ्चालनमा ल्याइएको चालकरहित कारलाई भविष्यमा मुख्य सडकहरुमा समेत गुडाइने बताइएको छ ।



अस्ट्रेलियाका यातायातमन्त्री स्टेफन नोलले यो प्रविधियुक्त सवारीको सफल सुरुआत प्रविधिमा एक कदम अघि बढाएको बताएका छन् । उनले भविष्यमा यस्तो प्रविधि दैनिक जीवनको एक हिस्सा हुने बताउँदै चाकलरहित कारले सडकलाई सुरक्षित हुन मद्दत पुर्‍याउने र यो सुरक्षित रहेको दाबी गरेका छन् ।


न्यु साउथ वेल्स, पश्चिम अस्ट्रेलिया, भिक्टोरिमा समेत यस्तै चालकरहित सवारी साधनको परीक्षण र सञ्चालनको तयारी गरिएको छ ।


प्रकाशित : असार ६, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?