कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लगाएर उड्न सकिने जेट–सुट

दिनेश यादव

काठमाडौँ — आकासमा उडान भर्नका लागि मानिस प्लेन चढ्छन्, कोही बेलुनमा उड्छन्, कोही प्याराग्याडिङ गर्छन् । तर, अब व्यक्तिगत उडानका लागि जेट–सुटकै अविष्कार भएको छ ।

लगाएर उड्न सकिने जेट–सुट

अविष्कार मात्रै हैन, विक्री समेत शुरु भइसकेको छ । बेलायतको लण्डनस्थित एउटा डिपार्टमेन्ट स्टोरबाट यसको विक्री थालिएको छ । विभिन्न वस्तुहरुको कारोबार गर्ने बेलायतका पूर्व व्यापारीहरुले उत्पादन गरेको जेट–सूटको विक्री शुरु भएको हो । यसको मूल्य करिब पाँच करोड रुपैयाँ (४ लाख ४६ हजार ५ सय २२ अमेरिकी डलर) निर्धारण गरिएको छ ।

हावामा उड्ने चाहना राख्ने जेट–सुटका पाइलटले हात र पिउँठुमा चार वटा साना जेट इन्जिनसहितका विशेष सुट लगाउनु पर्छ । सुटमा इलेक्ट्रोनिक्स उपकरण र ३ डी प्रिन्टिङ समेत जडान गरिएको छ । यो लगाएपछि सुपरहिरो ‘आइरन म्यान’ को सम्झना गराउँछ । जेट इन्धन या डिजेल/मट्टितेलबाट चलाए ५१ किमी प्रतिघन्टाको गतिमा १२ हजार फीट (३ हजार ६ सय ५८ मिटर) उचाईसम्म उडन सक्छ । यतिका रेकर्ड नै सुटले बनाइसकेको छ । यसो त यसका अविष्कारक रिचर्ड ब्राउनिङले सुरक्षाको दृष्टिले जमिन भन्दा केही माथि मात्रै उडान गर्दा राम्रो हुने सुझाएका छन् । उनले यसको प्रदर्शन हालै विश्वभरी शुरु गरिएको घोषणा गरे । गत बुधबार विलासी डिपार्टमेन्ट स्टोर ‘सेल्फ्रिज’ बाहिर एउटा सानो बन्द सडक माथि गरिएको उडान पछिल्लो हो ।

डिपार्टमेन्ट स्टोरले उपभोक्ताहरुका लागि तयार पारिएको संस्करण बेच्न शुरु गरेको छ । ‘यो होभर (स्थिति) मा लगभग चार लिटर ईन्धनको खपत गर्छ, यतिका ईन्धनले सजिलै तीनदेखि चार मिनेटसम्म सुट लगाएर आकाशमा उड्न सकिन्छ’ ब्राउनिङले भने, ‘हामीसंग एउटा अर्को संस्करण पनि छ, त्यो निश्चित रुपमा चिसो मौसममा उपभोक्तालाई उडानमा सहयोग गर्न सक्छ, जुन ९ मिनेटसम्म त्यति नै परिणामको ईन्धनबाट उडन सक्छ ।’ उनले यसमा थप सुधार गर्ने प्रयास भइरहेको बताए । ‘तर बिना पखेटाको लगातार आकाशमा उड्न सक्नु हाम्रो ठूलो उपलब्धि र सुटको मौलिक विशेषता हो’ उनको भनाई छ ।

‘रोयटर्स’का अनुसार बिक्रीका लागि राखिएको स्टोरमा जिज्ञासुहरुको भीड उर्लिएको छ ।

विक्रेताले दर्शकहरुका लागि हेर्न मात्र होइन, भर्चुअल रियलिटी (भिआर) संस्करणको परीक्षण समेत गर्न सक्ने व्यवस्था मिलाएको छ । कसैले यो सुट खरिद गर्ने निर्णय गरे कम्पनीले प्रशिक्षणसमेत दिने व्यवस्था गरेको छ । जेड–सुटको गजबको आनन्द लिन खरिदकर्ताले कम्तीमा तीन दिनको प्रशिक्षण लिनु पर्छ । ब्राउनिङले भने, ‘यदि तपाई दर्शकका रुपमा मात्र हेर्न चाहनु हुन्छ भने शायद तपाई जेट–सुट वरपर निकै गर्मी महशुश गर्नु हुनेछ । यसले ताप बढी उत्सर्जित गर्छ ।’ उनले यो सुटलाई आश्चर्यजनक अविष्कार भनेका छन् । किनभने यो मानिसलाई हानी पुर्याउने खालको छैन । ‘यो सुट लगाएर उड्नेहरुले सभ्य शैली अप्नाउन बाध्य हुने गर्छ’ उनले भने ।

एम्याचर इन्जिनियर ब्राउनिङले आफ्नो एयरशो गरिरहँदा शनिबार हजारौंको संख्यामा दर्शकहरु उपस्थित भएका थिए । ‘यो सुट लगाएर खुला आकाशमा सजिलै उडन सकिन्छ । अत्यन्तै स–साना उपकरणहरु जडित यो सुटमा उडान केही महंगो भने छ । किनभने यसलाई धेरै ईन्धन चाहिन्छ । फेरी यो कोलाहलयुक्त पनि छ । त्यसैले यसमा सुधार गर्ने सोच पनि हाम्रो छ’ जेट–सुट निर्माता कम्पनी ग्र्याभिटी इन्डस्ट्रिज्का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत रहेका ब्राउनिङले भने, ‘सैन्य गतिविधि, खोज र उद्दार जस्तो महत्वपूर्ण कार्यमा यसको प्रयोग गर्नु बढी उपयुक्त हुनेछ । तर सुपरहिरो बनेर उड्ने सपना देख्नेहरुले यसको अनुभव चाही पक्कै लिन सक्ने छन् ।’

‘युरोन्युज’ जेट–सुटको तौल २७ किलो छ । यसमा ईन्धनबाट ग्यास उत्पन्न गर्ने पाँच वटा टर्बाइन यन्त्रहरु जडान गरिएका छन्, जुन हातमा लगाउनु पर्ने हुन्छ, शरिरको पछाडि चाहिं कार्बन फाइबर जडान गरिएको छ । आफ्नो शरिरको चालसंग यसलाई प्रयोग गर्न सकिन्छ । रोयल मरिन रिजर्भ एन्ड कमोडिटिजका पूर्व व्यापारीहरुले १२ महिनामै यो सुट बनाएका हुन् । ब्राउनिङ्ले १८ मुलुकमा ५० वटा जति उडान गरेपछि विक्रीका लागि बजारमा ल्याएको बताए ।

यसले दशौ हजार फ्लोअर्सलाई सामाजिक सञ्जालमा आकर्षित समेत गरिसकेको छ । शरिरद्वारा नियन्त्रित सबैभन्दा तीब्र गतिमा उड्ने जेट इन्जिन भएको पावर सुटका लागि उनी ‘गिनिस विश्व रेकर्ड’ समेत बनाएका छ । ब्राउनिङले सन २०१९ मा पानीमाथि दौड्न सकिने हजार हर्सपावर (एचपी) को जेट सुट बनाउने बताएका छन् । शनिबार विक्रीका लागि राखिएको जेट सुटको क्षमता भने १०५० हर्सपावर (७८३किलोवाट) रहेको छ ।

प्रकाशित : श्रावण ८, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?