शुक्रबार राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ ।
सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ ।
दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।
महत्वपूर्ण डेटाहरु चोरी हुने र संग्रह गर्न समस्या भएकाले त्यसबाट मुक्ति पाउन शोधकर्ताहरुले एउटा छुट्टै प्रविधियुक्त कम्प्युटरको विकास गर्नमा जुटेका छन् ।
मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज बिहीबार टोखास्थित भूतखेल चौरमा उडाइयो ।
अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी ।
भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।