कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

अतुल मिश्र

काठमाडौँ — शुक्रबार राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ ।

शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

राति सवा एक बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ । यसलाई ‘ब्लड मुन’ भनिन्छ ।


नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाएको देखिएको छ । सोसाइटीका अनुसार मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ । नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि यो खग्रास देख्न सकिने बताएको छ ।


सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दिको सबभन्दा लामो चन्द्रग्रहण (५ घन्टा २७ मिनेट) भएको थियो । यो ग्रहण १ सय १ मिनेट खग्रास थियो ।


पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुग्छ, पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । यसरी ढाकिएको चन्द्रमा पृथ्वीबाट हेर्दा कालो देखिन्छ । यसैलाई चन्द्र ग्रहण भनिन्छ ।

प्रकाशित : श्रावण १०, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?