१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

यस्तो छ सामसङ जे-८ का विशेषता

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ कम्पनीको जे–८ फाेन नेपाली बजारमा आएको छ । सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको यो फोनमा ६ इन्चको सुपर एमोल्ड इन्फिनीटी डिस्प्लेसहित डूअल क्यामेरा रहको छ ।

यस्तो छ सामसङ जे-८ का विशेषता

फोनमा प्रयोग गरिएको आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याक ग्राउण्ड तस्बिरलाई सहजै छुट्याउन सकिने कम्पनीद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

फोनमा लाइभ फोकस तथा च्याट ओभर भिडियो जस्ता फिचर प्रयोग गरिएको छ । लाइभ फोकसबाट ब्याकग्राउण्ड फोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ भने च्याट ओभर भिडियोको मद्दतले प्रयोगकर्ताहरु भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याट गर्न सक्ने कम्पनीले जनाएको छ ।


यो फोनको नेपाली मूल्य ३३ हजार चार सय ९० तोकिएको छ । निलो,कालो तथा गोल्ड कलरमा उपल्ब्ध यो फोन सामसङका सबै रिटेल पसलहरुमा पाइने आइएमविजका प्रमुख प्रणयरत्न स्थापितले बताए ।


फोनमा इन्फिनिटी डिस्प्लेको अनुभवलाई अझ बढी प्रभावशाली बनाउनका लागि फिजिकल होट बाटनको साटोमा सफ्टवेयर पावर्ड इन डिस्पले होम राखिएको छ । फिङ्गर प्रिन्टबाट फोनलाई लकअनलक गर्ने सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।


६ इन्च एचडी प्लस डिस्प्ले भएको यो फोनमा १६ मेगापिक्सललको रियर सुटरका साटमा १.७ अपर्चर तथा ५ मेगापिक्सलको साथ १.९ अपर्चर क्यामेरा छ ।


सामसङ जे–८ मा ४ जीबी र्‍याम र ६४ जीबी रोम छ ।

प्रकाशित : श्रावण १६, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?