कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाईफाईबाटै हतियार र बमको जानकारी थाहा पाउन सकिने

बीबीसी

काठमाडौँ — इन्टरनेटका लागि हामीले प्रयोग गर्दै आएको वाईफाईको सिग्नल सुरक्षा जाँचका लागि पनि प्रयोग गर्न सकिने भएको छ ।

वाईफाईबाटै हतियार र बमको जानकारी थाहा पाउन सकिने

सार्वजनिक स्थलमा घातक हातहतियार तथा विष्फोटक पदार्थको जानकारी अब वाईफाईबाट थाहा पाइने एक अनुसन्धानले देखाएको छ ।


अमेरिकाको न्यू जर्सीस्थित रुटगर्स विश्वविद्यालयमा भएको अनुसन्धानबाट वाइरलेस सिग्नलको प्रयोग गरेर विष्फोटक तथा हातहतियारको जानकारी पाउन सकिने निष्कर्श निकालिएकाे हाे ।


वाइरलेस सिग्नललाई ब्यागमा प्रवेश गराएर धातु, तरल पदार्थको आयतन नाप्न सकिने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । उक्त परीक्षण ९५ प्रतिशतले सफल भएको देखिएको छ ।


कम खर्चमै विमानस्थल जस्ता महत्वपूर्ण स्थलहरुको सुरक्षा जाँचका लागि यसको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुले बताए ।

अनुसन्धानकर्ताहरुले १५ वटा बस्तु र ६ वटा ब्यागमा उक्त परीक्षण गरेका थिए । त्यस क्रममा वाइफाई सिग्नलले घातक वस्तु पहिचान गर्न ९९ प्रतिशत सफल भएको र धातु र तरल पदार्थको पहिचानका क्रममा क्रमश: ९८ र ९५ प्रतिशत सफल देखिएको थियो ।


एउटा वाइफाई डिभाससहित दुईदेखि तीन वटा एन्टिना वाइफाई नेटवर्कसँग जडान गरेर यसको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुको सुझाव दिएका छन् ।


यसका लागि ट्रान्समिटिङ र रिसिभिङ एन्टिनाबाट आएको सिग्नलबाट वस्तु पहिचान गर्न सकिन्छ ।


यसको प्रयोग संग्राहलय, रंगशाला, विद्यालय, पार्क तथा संवेदशील स्थलहरुमा प्रयोग गर्न सकिनेछ ।

प्रकाशित : श्रावण ३१, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?