ओपोको एफ-९ मोडलको नयाँ फोन अगस्टको अन्त्यसम्म सार्वजनिक हुने  

कान्तिपुर संवाददाता

काठमाडौँ — ओपोले एफ–९ मोडलको नयाँ फोन यही अगस्टको अन्त्यसम्मका सार्वजनिक गर्ने भएको छ ।

एफसिरिज अन्तर्गतको यो स्मार्टफोनमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जनाएको छ।

Yamaha

भीओओसी फ्ल्यास चार्जले कम भोल्टेजमा पनि फास्ट चार्जिङ गर्न सकिन्छ।

युवाहरुलाई लक्षित गरी कम्पनीले यो सेरिजको फोनमा ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ। नयाँ फोनमा एफएचडी वाटरड्रप स्क्रिन (९०.८% सम्मको स्क्रिन टू बडी रेसियो)को पनि प्रयोग गरेको कम्पनीले जनाएको छ।

भीओओसी चार्जिङ र वाटरड्रप स्क्रिनसहितको ओपो एफनाइन मोडल एक नवप्रवर्तनात्मक उपकरण रेहको कम्पनीद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ।

Esewa Pasal

प्रकाशित : श्रावण ३१, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पा कारागारका कैदीबन्दी आन्दोलनमा  

माधव अर्याल

पाल्पा — कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै  जिल्ला कारागार पाल्पाका कैदीबन्दी आन्दोलित भएका छन ।

पाल्पास्थित जिल्ला कारागार । तस्बिरः माधव। कान्तिपुर

कैदीबन्दीले मुल नाइके लक्ष्मण चौधरी, चौकीदार विश्वास गुरुङका साथै देवनारायण ढुंगाना र लोकबहादुर खाँडको सरुवाको माग गरेका हुन् ।

यस्तै, बिहीबार बिहान कैदीबन्दीबीच भएको झडपमा दुई जना सामान्य घाइते समेत भए । कारागारका चौकीदार समूह र अन्य पक्षबीच झडप भएको हो । झडपमा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे सामान्य घाइते भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका चौकीदारलगायत चार जनाले अन्यलाई हेपेको, दमित गरेको, पाउने रकम नदिएको लगायतका माग उनीहरुले राखेका छन ।

कैदीबन्दीका अनुसार लामो समयदेखि चौकीकार लगायत चार जनाको समूहले कारागारभित्रै लागूऔषध भित्र्याउने गरेका छन् । ब्राउनसुगर, गाँजा, सुईजन्य, डाइजोपम, नर्फिन लगायतसमेत भित्रिने गरेको छ । तर कारागार प्रशासन, त्यहाँ कार्यरत सुरक्षाकर्मीले यस विषयमा कुनै वास्ता नगरेको कैदीबन्दीको आरोप छ ।

कैदी बन्दी लक्ष्मण रायमाझीले सरकारले उपलब्ध गराएको सेवा सुविधा समेत कारागार प्रशासनसँगको मिलेमतोमा चौकीदार र नाइकेले नदिएको बताए ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले कैदीबन्दीले विविध माग राखेर आन्दोलनमा उत्रिदा सामान्य झडप भएको बताए । उनले दुई पक्षबीच झडप भएको बताए ।

प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बन्दीहरुले उठाएको विवादका विषयमा गम्भीर भएर छानबिन गरिने बताए ।

जिल्ला कारागार प्रशासन प्रमुख भक्तिसरा रानाले चौकीदार र नाईकेहरु लक्ष्मण चौधरी, विश्वास गुरुङ, देवनारायण ढुंगाना र लोकबहादुर खाँडलाई प्रहरीको थुनुवा कक्षमा राख्ने बताइन् ।

प्रकाशित : श्रावण ३१, २०७५ १४:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT