कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

चन्द्रमामा पाइयो आइसका टुक्रा

काठमाडौँ — वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ । 

चन्द्रमामा पाइयो आइसका टुक्रा

भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो । टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ ।


चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन् ।


हुवाई एण्ड ब्रोन विश्विद्यालयका वैज्ञानिक सौ लि र नासाको एम्स रिर्सज सेन्टरका वैज्ञानिक रिचार्ड इल्फिक नेतृत्वको टोलीले चन्द्रमा आइसको टुक्रा रहेको पत्ता लगाएका हुन् ।


चन्द्रयान–१मा प्रयोग गरिएको नासाको मुन मिनेरोलोजी म्यापर(एम–३) उपकरणको मद्दतबाट चन्द्रमाको सतहमा भएको वाटर आइस पत्ता लागेको हो ।

भेटिएका वाटर आइसहरु ध्रुव्रीय क्षेत्रमा रहेका क्रेटर्सको छायाँमा पाइएको नासाले जनाएको छ ।


उक्त क्षेत्रको तापक्रम माइनस १ सय ५६ डिग्रीभन्दा कहिल्यै माथि नजाने नासाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ । आफ्नो अक्षमा घुम्ने क्रममा चन्द्रमा धेरै थोरै डल्कने गर्दा उक्त क्षेत्रमा सूर्यको किरणहरु नपुगेको नासाले जनाएको छ ।


अनुसन्धानको विस्तृत रिर्पोट प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको थियो ।

प्रकाशित : भाद्र ५, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?