२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भारतमा नोट नाइन

काठमाडौँ — सामसङले भारतमा आफ्नो पछिल्लो स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको छ । भारतको गुरुग्राममा बुधबार सामसङका मोबाइल डिभिजन प्रमुख डिजे गोले नोट नाइन सार्वजनिक गरेका हुन् ।

भारतमा नोट नाइन

सामसङले आफ्नो पछिल्लो स्मार्ट फोन नोट नाइनलाई अहिलेसम्मकै पावरफुल भनी चित्रण गरेको छ । यसमा ४ हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ, जसका कारण यो कामकाजी मानिसहरूका लागि दिनभर टिकाउ हुने कम्पनीको दाबी छ । नोट नाइनमा प्रयोग भएको इन्टेलिजेन्ट क्यामेराले फोटोमा भएको गल्ती पनि पत्ता लगाउन सक्छ ।

नोट नाइनमा उपलब्ध हुने एस पेन पनि रिमोर्टजस्तै काम गर्ने खालको भएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले एस पेनको प्रयोगबाटै फोटो खिच्ने र मोबाइलमा हुने विभिन्न क्रियाकलाप नियन्त्रण गर्न सक्छन् । साथै नोट नाइनमा डेक्स अनुभव पनि सुधारिएको छ ।

यसले प्रयोगकर्तालाई फोन एचडीएमआई केबलमार्फत अर्को स्क्रिनमा जोड्ने सुविधा दिन्छ । प्रयोगकर्ताले मोबाइलको स्क्रिनलाई ट्रयाक प्याड र किबोर्डका रूपमा प्रयोग गर्न पनि सक्छन् । नेपाली बजारमा भने २५६ जीबी मोडलको फोन उपलब्ध हुनेछ । यसको बिक्री अगस्ट ३१ देखि सुरु हुनेछ ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?