१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तीन आइफोन सार्वजनिक

एजेन्सी

क्यालिफोर्निया — आइफोन निर्माता एप्पलले तीन नयाँ आइफोन मोडल सार्वजनिक गरेको छ । कम्पनीले आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर नाम दिएर नयाँ आइफोन सार्वजनिक गरेको छ ।

तीन आइफोन सार्वजनिक

आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको फिचरहरू समान रहेको पनि स्क्रिनको आकारमा मात्रै भिन्नता छन् । एप्पलले तुलनात्मक रूपमा सस्तो मूल्यमा आइफोन एक्सआर सार्वजनिक गरेको हो ।


यसअघि पनि एप्पलले आइफोन एसई र आइफोन फाइभ सी नाम दिएर सस्ता फोन बजार पठाएको थियो । तर, आइफोन एक्सआर फिचरका हिसाबले अन्य सस्ता मोडलभन्दा फरक हुनेछ । किनकि सस्तो मूल्यका एक्सआर आइफोनले पनि महँगा भनिएका आइफोनकै विशेषताहरू समेटेको हुनेछ ।


अघिल्लो वर्ष एप्पलले आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्स सार्वजनिक गरेको थियो । यो वर्ष एप्पलले तीन आइफोनलाई दिएको फरक नामसँगै आइफोनको नामसँग जोडिएर आउने अंकको सिरिजको अन्त्य भएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?