कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टचस्क्रिनसहित रोल गर्न मिल्ने ट्याबलेट

दिनेश यादव

काठमाडौँ — वैज्ञानिकहरुले पहिलो पटक सजिलैसँग मोड्न वा रोल गर्न सकिने ट्याबलेट पिसी बनाएका छन् । यसको नाम ‘म्याजिक स्क्रोल ट्याबलेट’ नाम दिइएको छ । 

टचस्क्रिनसहित रोल गर्न मिल्ने ट्याबलेट

टचस्क्रिन भएको यो ट्याबलेटलाई प्राचिनकालमा प्रयोगमा आएको स्क्रोलबाट प्रेरित भई विकसित गरिएको उनीहरुले बताएका छन् ।


क्यानाडास्थित क्विन्स विश्वविद्यालयका अनुसन्धानकर्ताद्वारा विकसित यो डिभाईस अत्यन्तै उपयोगी र प्रयोगकर्ताका लागि सजिलो ग्याजेट बन्ने दाबी गरिएको छ । विश्वविद्यालयका प्राध्यापक रोइल भर्तेगालका अनुसार यो उपकरणमा हाई रिजोल्युसनसहितको एउटा लचिलो डिस्प्ले जडान गरिएको छ । यो डिस्प्लेलाई उपकरणको बीचमा रहेको एउटा थ्रीडी मुद्रित गोलाकार वस्तुतिर मोड्न या खोल्न सकिन्छ ।


कम्प्युटरयुक्त स्वचालित कार्यप्रणालीद्वारा यो सञ्चालन हुन्छ । यसमा जडित गोलाकार वस्तुको दुवैतिर लगाइएको दुई वटा घुम्ने चक्का मार्फत प्रयोगकर्ताले टचस्क्रिनमाथि सूचनाहरुलाई सजिलै स्क्रोल गर्न सक्छन् । प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै सामग्री यो ट्याबलेटमा हेरिरहेको अवस्थामा डिस्प्लेलाई आफू अनुकुल बनाएरै पनि हेर्न र पढ्न सक्छन् ।


एकदमै हलुका र गोलाकार भएको कारण यसलाई पारम्परिक ट्याबलेटहरुको तुलनामा एउटा हातले समेत समात्न र चलाउन मिल्छ । शोधकर्ताहरुले यो डिभाइसलाई मोडेर आफ्नो खल्तीमा समेत राख्न सकिने बताएका छन् ।


फोनका रुपमा समेत यसलाई उपयोग गर्न मिल्छ । उनीहरु भन्छन्, ‘७ दशमलव ५ इन्चको पर्दा भएको यो उपकरणलाई फोल्ड गरेर पेन जस्तै गरी आफ्नो खल्तीमा राख्न सकिन्छ ।’


यसको दुवैपट्टि गोलो चक्का जस्तो भाग छ, जसले ट्याबलेटलाई सजिलै घुमाउन र चलाउन सकिन्छ । यसमा २ के रिजोल्युसन भएको पर्दा छ , जसमा चित्र र भिडियोलाई गज्जब तरिकाले हेर्न सकिन्छ । यति मात्रै हैन, यसमा जडित मल्टि–टच डिस्प्लेले प्रयोगकर्तालाई वास्तविक संसारको अनुभव गराउँछ । डिक्टेसन वा प्वाइटिङ डिभाईसका रुपमा समेत यसको प्रयोग गर्न सकिन्छ ।


यसमा रहेको मल्टिटचका साथ ओएलडीडी डिस्प्ले (जुन वास्तवमा ५ दशमलव ५ इन्चको दुई एलजी जी फ्लेक्स २ डिस्प्ले एकै साथ विभाजित हुने) को सुविधा र एउटा थ्रीडी मुद्रित बेलनाकार भाग प्रयोगकर्ताका लागि उपयोगी छन् । यसको भित्र दुइटा एन्ड्रोइड सर्किट बोर्ड रहेका छन् । यो एन्ड्रोइड ५.१ ललिपपले सञ्चालित हुन्छ ।


तीन वटा लिथियम-आइरन ब्याट्री छन् । प्रणालीका सञ्चालनका लागि ६०० एमएएच र रोड घुमाउनका लागि दुईतिर रहेको एक्युएटेड पाङ्ग्राका लागि ३०० एमएएचका ब्याट्री जडान गरिएका छन् ।


त्यसैले अन्य स्मार्टफोन र ट्याबलेटको तुलनामा यो विशिष्ट खालको रहेको दाबी शोधकर्ताले गरेका छन् । यो ट्याबलेटको प्रोटोटाईपलाई हालै क्वीन्स विश्वविद्यालयस्थित ह्युमन मिडिया ल्याब प्रदर्शन गरिएको छ ।


(एजेन्सीको सहयोगमा)

प्रकाशित : आश्विन २, २०७५ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?