‘पोर्न साइट’ बन्द गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । यस्ता वेबसाइट बन्द गराउन मन्त्रालयले दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । प्राधिकरण नेपालमा इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकको नियमनकारी निकाय हो ।

‘पोर्न साइट’ बन्द गराउन मन्त्रालयको निर्देशन

अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वेबसाइट बन्द गर्न आवश्यक भएकाले यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

‘इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्दछ,’ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?