२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विश्वकै सबैभन्दा तीव्र गतिको क्यामेरा 

दिनेश यादव

काठमाडौँ — वैज्ञानिकहरुले हालसम्मकै सबैभन्दा तीव्र गतिको क्यामेरा अविष्कार गरेका छन् । यो क्यामेराबाट ‘समयलाई स्थिर’ बनाउन सम्भव हुने दाबी शोधकर्ताहरुको छ ।

विश्वकै सबैभन्दा तीव्र गतिको क्यामेरा 

यसको अर्थ क्यामेराले अब समयलाई कैद गर्न सम्भव बनाई दिएको छ । ‘साइन्स डेली’ का अनुसार ‘अत्यन्तै मन्द गति (स्लो मोसन) मा रहेको प्रकाशको गतिविधिलाई समेत यो क्यामेराले कैद गर्न सक्छ । त्यसलाई हेर्नका लागि पनि सहयोग गर्छ ।


‘टी–कप’ नाम दिइएको यो उपकरणले एक सेकेण्डमा १० ट्रिलियन फ्रेम (प्रतिविम्ब)लाई क्याप्चर गर्न सक्ने क्षमता छ । अर्थात यो क्यामेराले एक सेकेण्डमा सय खर्ब फोटो कैद गर्न सक्षम छ । सामान्यतया एउटा औसत स्मार्टफोनले प्रतिसेकण्डमा ३० वटासम्म फोटो खिच्न सक्छ ।


‘कन्डेन्स्ड अल्ट्राफास्ट फोटोग्राफी (सीयूपी)’ सिद्धान्तमा आधारित यो क्यामेराको अविष्कारसँगै मेडिकल रिसर्च र भौतिकशास्त्रमा आवश्यक पर्ने नयाँ जेनेरेसनको सूक्ष्मदर्शक यन्त्रको निर्माण गर्न सजिलो हुनेछ ।

अमेरिकाको क्यालिफोर्निया इन्सिटिच्युट अफ टेक्नोलोजी र क्यूबेक विश्वविद्यालयका वैज्ञानिकहरुले यो क्यामेरा बनाएका हुन् । ‘साइन्स डेली’का अनुसार ‘फेम्टो–फोटोग्राफी’ प्रविधि उपयोग गरिएको यो क्यामेरामा एक फेम्टोसेकेण्ड एक नानो सेकेण्ड (दश लाखऔं) को १० सेकेण्डको शून्यदेखि १५ सम्म हुन्छ ।


यो लेजर प्रविधिमा उपयोग गरिने एउटा स्ट्याडर्ड मापक हो । शोध टोलीका वैज्ञानिक तथा प्राध्यापक जिनिआङ लिआङले भने,‘साँचैमा यो क्यामेराले समयलाई स्थिर गर्ने कार्यलाई सम्भव बनाइ दिएको छ ।’ वैज्ञानिकहरुका अनुसार यो आधुुनिक क्यामेराले प्रकाश र पदार्थकोबीच पारस्परिक प्रभावबारे हालसम्म खोजी हुन नसकेको रहस्यलाई उजागर गर्न सहयोगी हुनेछ ।


झण्डै ७८ वर्षअघि ‘एमआईटी’ का इलेक्ट्रिक इन्जिनियर ह्यारोल्ड एडगेर्टनले विशेष खालको प्रकाशको प्रयोग गर्नेगरी एउटा क्यामेराको अविष्कार गरेका थिए । उक्त क्यामेराबाट उनले एउटा स्याउमाथि हानिएको गोलीको स्पष्ट तस्बिर खिचेका थिए ।

त्यसपछि पानीको थोपा भुईमा खसेपछि त्यसबाट निस्केका मसिना छिटाहरुलाई त्यो क्यामेरामा कैद गरेका थिए । एडगेर्टनको यो प्रयोगपछि क्यामेरा प्रविधिले थप फड्को मारेको बताइएको छ ।


‘क्याल्टेक अप्टिकल इमेजिंङ ल्याब्रोटरी’ का निर्देशक लिहोङ वाङ भन्छन्,‘हामीलाई थाहा थियो कि मात्र एक फेम्टोसेकेण्ड क्यामेराको उपयोगले प्रतिबिम्बको गुणात्मकता सीमित रहन्छ ।

त्यसैले प्रतिबिम्बको गुणात्मकतामा सुधार ल्याउनका लागि मैले एउटा अर्को थप क्यामेरा जोडे, जसले स्थिर छवि प्राप्त गर्न सक्छ । फेम्टोसेकेण्ड स्क्रिन क्यामेराबाट लिइएको तस्बिरसँगै हामीले प्रतिसेकेण्ड १० ट्रिलियन फ्रेम रेकर्ड गर्ने बेला उच्च गुणात्मकता भएको तस्बिर प्राप्त गर्न सफल भयौँ ।’


उनका अनुसार यो प्रविधि ‘ऱ्याडम ट्रान्सफर्म’ हो । यो प्रविधि सिटी स्क्यानबाट प्रतिबिम्ब बनाउनमा प्रयोग गरिन्छ । रियल टाइम इमेजिङ स्पिडका लागि विश्व रेकर्ड बनाउने ‘टी–क्यूप’ नामक क्यामेरा बायोमेडिकल, पदार्थ विज्ञान (मेटेरियल साइन्स) तथा अन्य एप्लिकेशनका लागि उपयोग हुने माइक्रोस्कोपको न्यू जेनेरेसन बनाउन सहयोगी हुने दाबी गरिएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : आश्विन २९, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?