फोर र फाइभजी सपोर्ट गर्ने चिप

कान्तिपुर संवाददाता

काठमाडौँ — चिप निर्माता क्वालकमले स्मार्टफोनमा फोरजी र फाइभजी सपोर्ट गर्ने चिपको प्रोटोटाइप भर्सन सार्वजनिक गरेको छ  । भारतमा गत साता सम्पन्न मोबाइल वल्र्ड कंग्रेसमा कम्पनीले यो चिप सार्वजनिक गरेको हो  ।

फोर र फाइभजी सपोर्ट गर्ने चिप

चिप निर्माता क्वालकमले स्मार्टफोनमा फोरजी र फाइभजी सपोर्ट गर्ने चिपको प्रोटोटाइप भर्सन सार्वजनिक गरेको छ । भारतमा गत साता सम्पन्न मोबाइल वल्र्ड कंग्रेसमा कम्पनीले यो चिप सार्वजनिक गरेको हो ।


तीव्र गतिमा डाटा प्रसारण हुने र अवरोध कम हुने फाइभजी प्रविधि आगामी वर्षको मध्यतिर केही देशमा सुरु हुने अपेक्षा छ । विशेषगरी दक्षिण कोरिया र केही उत्तर अमेरिकी देशले यसको तयारी गरिरहेका छन् । फाइभजी प्रविधिको सुरुवातसँगै सार्वजनिक हुने फाइभजी सपोर्ट गर्ने स्मार्टफोनहरूमा यी चिपको प्रयोग हुनेछ । कम्पनीले स्मार्टफोनमा प्रयोग हुने यी चिपको मूल्य अहिलेको भन्दा कति महँगो हुनेछ भन्ने विषय भने खोलेको छैन ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?