३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कृत्रिम चन्द्रमा बनाउँदै चीन

एजेन्सी

काठमाडौँ — चिनियाँ बैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमा निर्माण गरेर सहर झिलिमिली पार्ने महत्वकांक्षी योजना अघि सारेका छन् ।

कृत्रिम चन्द्रमा बनाउँदै चीन

चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दु सहरमा वैज्ञानिकहरुले कृत्रिम चन्द्रमा राख्ने तयारी गरिरहेको चाइना डेलीले जनाएको छ ।


सूर्यबाट आएको प्रकाशका किरणहरु उक्त चन्द्रमाले ऐना जस्तै प्रतिविम्बित गर्ने वैज्ञानिकहरुले जनाएका छन् । चन्द्रमालाई सहरका सडकबत्तीको विकल्पको रुपमा अगाडि सारिएको छ ।


वैज्ञानिकहरुले उक्त चन्द्रमा वास्तविक चन्द्रमा भन्दा ८ गुणा चम्किलाे हुने अनुमान गरेका छन् ।


याे चन्द्रमाले नजिकबाटै पृथ्वीको परिक्रमा गर्नेछ । यसले पृथ्वीभन्दा ५ सय किलोमिटर टाढाबाट आफ्नो अक्षमा रहेर पृथ्वीलाई परिक्रम गर्नेछ । वास्तविक चन्द्रमाले तीन लााख ८० हजार किलोमिटर टाढाबाट पृथ्वीको परिक्रममा गर्छ ।


टाइन फू न्यू एरिया साइन्स सोसाइटीका प्रमुख वू चेनफूङले चाइना डेलीलाई बताएअनुसार उक्त महत्वकांक्षी योजनाले आकाशको पुरै भागलाई भने उज्याले बनाउने छैन । उक्त चन्द्रमाले दिने प्रकाश सडकबत्ती केही मधुरो हुने वूको भनाइ छ ।


छेङ्दू सहरले सडक बत्तीमा वार्षिक १७ करोड ३० लाख डलर खर्च गर्दै आएको छ । कृत्रिम चन्द्रमाले सडक बत्तीमा हुँदै अाएकाे खर्च बचत हुने बताइएको छ । चन्द्रमाले प्राकृतिक विपत्ति र विद्युतकाे विकल्पमा काम गर्नेछ । परियोजना सफल भएमा अन्य तीन ठाउँमा कृत्रिम चन्द्रमा राखिने वूले बताए ।


‘परियोजना सफल देखाउनका लागि धेरै परीक्षणहरु गर्न बाँकी नै छन्,’ वूले दाबी गर्दै भने, ‘प्रकृतिक वातवरणमा यसले खासै असर गर्दैन् । ’


कृत्रिम वस्तु अन्तरिक्षमा राखेर रातको समयमा पृथ्वीमा उज्यालो बनाउने यो पहिलो प्रयास भने होइन । न्यूयोर्क टाइम्सकाअनुसार सन् ९० को दशकमा रुसले पृथ्वीको परिक्रमा गर्दै सूर्यको प्रकाश प्रतिविम्बित गर्ने एउटा अर्बाइटल ऐना अन्तरिक्षमा पठाएको थियो । उक्त एेना सन् १९९९ मा जलेपछि परियोजना विफल भएको थियो ।


वैज्ञानिकहरुले प्रकाश प्रतिविम्बित गर्ने बस्तुहरुलाई अन्तरिक्षमा पठाइदा प्रकाश प्रदूषणकाे खतरा बढ्ने दाबी गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?