चिनियाँले बनाए ‘नेट गार्ड ड्रोन’

अग्ला भवनहरुमा आगलागी भएको अवस्थामा मानिसको आपातकालिन उद्धार गर्न यसको प्रयोग गरिनेछ ।  
दिनेश यादव

काठमाडौँ — ड्रोनमा चासो राख्नेहरुका लागि यो एउटा खेलौना बनिसकेको छ । तर विभिन्न व्यवसायीहरुका लागि यो महत्वपूर्ण उपकरण हो । फोटोग्राफी र जासूसीदेखि घर–घरमा पिजा डेलिभरी गर्नसम्म ड्रोनको प्रयोग भएकै थियो । 



Yamaha

अब, अग्ला भवनहरुमा आपातकालिन् अवस्थामा मानिसको उद्धार गर्न समेत ड्रोन प्रविधिको उपयोग गरिने भएको छ। चिनियाा विद्यार्थीहरुले बनाएको ‘नेट गार्ड ड्रोन’ ले मानिसको जीवनको रक्षा गर्नेछ। ६ जना विद्यार्थीको समूहले अग्ला भवनहरुमा आगलागी या अन्य कुनै घटना भएको अवस्थामा मानिसलाई सुरक्षित बाहिर निकाल्नका लागि यो ड्रोनको विकास गरेको हो।

ड्रोन एउटा हाई–अल्टिटयुड सेल्फ–ड्राइभन यूएभी उपकरण हो। ‘कन्सेप्ट मोडल’ मा आधारित भएकाले यसले इमरजेन्सी सिग्नलको आधारमा काम गर्छ। यसमा जडित जिपिएस प्रणालीले आगलागी वा अन्य घटना भएको लोकेसनमा पुग्न सहयोग गर्छ। चार वटा प्रोपेलरयुक्त यो ‘नेट गार्ड ड्रोन’ बिना कुनै अवरोधको तीव्रगतिमा उडान भर्न सक्षम छ।
यसको केन्द्रमा नेट जडान गरिएको छ, जुन पोलियुरेथेन सामग्रीबाट बनाइएको छ। एक जनालाई सजिलै उचाल्न सक्ने क्षमताको यो ड्रोन अति उपयोगी हुने दाबी विद्यार्थीहरुको छ। यो नेट प्रोपेलरको बीचमा मोडिएर रहेको हुन्छ, घटनास्थलमा पुगेपछि स्वचालित रुपमा खुल्ने गर्छ। यो सेन्सरको सहयोगमा वस्तुको अवस्था थाहा पाएर त्यसलाई ट्रयाक गर्छ।

बलियो उडान भर्नका लागि यसमा चार वटा फ्यान ब्लेड, स्टेटस मोड थाहा पाउनका लागि वार्निङ लाईट र अवतरणको बेला उपकरणलाई क्षति हुनबाट जोगाउनका लागि ‘ब्राकेट’ पनि जडान गरिएको छ। आपातकालिन् स्थितिमा मानिसले हाम फालेमा ड्रोनमा जडित सेन्सरले त्यसलाई पछ्याउदै मानिसलाई उद्धार गरी सुरक्षित स्थलमा लग्ने छ।

आर्किटेक्चर र डिजाइन लगायतका क्षेत्रबारे जानकारी दिने डिजिटल पत्रिका ‘डिजाइनबूम’ का अनुसार ‘नेट गार्ड’ ड्रोन एउटा एकल क्वाडकप्टर–शैलीको ड्रोन हो। यसमा स्वचालित रुपमा नेट(जाल) फैलिने गर्छ।

विभिन्न स्थानमा उड्न सक्ने यो ड्रोन गगनचुम्बी भवनमा आगो लागेको अवस्थामा उद्धार कार्यमा सहयोग गर्नसक्छ। चीनमा निर्मित यो ड्रोनले यसै वर्ष १३ हजार अमेरिकी डलर बराबरको ‘गोल्डेन पिन कन्सेप्ट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ।

कम्प्युटर प्रविधिद्वारा नियन्त्रित एउटा उपकरण हो, ड्रोन। यसलाई उडान भर्नका लागि कुनै पाइलटको आवश्यकता पर्दैन। यसलाई मानवरहित विमान(यूएभी) पनि भनिन्छ।

स्वचालिक चल्ने गरी यसमा प्रोग्रामिङ गरिएको हुन्छ। व्यावसायिक रुपमा विभिन्न काममा पनि ड्रोन उपयोगी भएको प्रमाणित भइसकेको छ। ‘डोमिनोज’ ले ड्रोन मार्फत पिज्जा डेलिभरी गर्नका लागि परीक्षण गरिसकेको छ।

इजरायल विश्वकै सबैभन्दा बढी ड्रोन बनाउने र निर्यात गर्ने मुलुक बनेको छ। अमेरिकाले १४ मिलियन डलर पर्ने महंगो मिलिट्री ड्रोन ‘एमक्यु नाइन रिपर’ बनाइसकेको छ। त्यसैगरी सबै भन्दा मंहगो यात्रु ड्रोन चाही चीनले बनाएको छ। तीन लाख अमेरिकी डलरमा उसले ‘इहाङ १८४’ ड्रोन बनाएको हो।

पहिलो सशस्त्र ड्रोन अमेरिकाले अलकायदाका मुखिया ओसामा बिन लादेनलाई खोज्नका लागि प्रयोग गरेको थियो। युद्धमा पनि यसको प्रयोग बढ्दो छ। अब व्यवहारिक गतिविधिमा पनि यसको प्रयोग गरिन थालिएको छ।

किसानहरुले घरमै बसेर आफ्नो खेतमा भइरहेको गतिविधिहरुलाई अवलोकन गर्न सक्ने ड्रोनको पनि विकास भइसकेको छ। मनमोहक दृश्यहरु खिच्नका लागि चलचित्र उद्योगमा समेत यसको प्रयोग गरिन्छ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : मंसिर ३, २०७५ १५:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विप्लवका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

हरिराम उप्रेती

गोरखा — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो पार्टीका विद्यार्थी संगठनका अध्यक्ष सुशान्त सुवेदी र जिल्ला सदस्य जिवन क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

गोरखा नगरपालिका–६ हरमटारी चोकमा पर्चा र ब्यानर राख्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘आठ गते काठमाडौँमा हुने जनसभाको प्रचारको पोस्टर टाँस्दै गर्दा प्रहरीले नियन्त्रणमा लियो, अहिले अहिले हामी जिल्ला प्रहरी कार्यलयमा छौँ,’ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सुवेदीले भने।

संविधान विरोधी गतिविधि गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए। ‘संविधान विरोधी गतिविधि गरेको हो कि होइन अहिले हामी अनुसन्धान गर्दैछौँ, संविधान विरोधी गतिविधि गरेको भए मुद्दा चल्छ,’ उनले भने।

प्रकाशित : मंसिर ३, २०७५ १५:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT