मानिसको नक्कल गर्ने रोबोट 

दिनेश यादव

काठमाडौँ — रोबोटहरुमा पछिल्लो समय टोयोटाको फाइभजी (५ जी) नेटवर्कबाट चल्ने रोबोट थपिएको छ । झण्डै १० किलोमिटर टाढा रहेर रिमोटबाट यो रोबोटलाई नियन्त्रण गर्न सकिन्छ । 

‘टेकक्रन्च’ अनलाइनका अनुसार कम्पनीले आफ्नो तेस्रो पीढीको हयुम्यानोइड (मानव जस्तै) रोबोट ल्याएको हो। मानव अपरेटरले यो रोबोटको सबै गतिविधिहरु ‘थ्रीडी’ बाट नियाल्न सक्ने गरी बनाइएको छ।

Yamaha

मानिसको हूबहू नक्कल गर्न सक्ने क्षमता यसको छ। मानिस हिड्ँदा, रोबोट पनि हिड्ँछ।मानिसले एउटा हात या खुट्टा उचाल्दा उसले पनि त्यस्तै गर्छ।

सेन्सरहरुले सुसज्जित कुर्सीमा बसेका मानिसले यसलाई आफू अनुकूल सञ्चालन गर्न सक्छन्। उसले चाहेको गतिविधि सेन्सर मार्फत रोबोटसम्म पुग्छ र त्यही अनुरुप काम गर्छ। एउटा खुट्टामा समेत उभिएर सन्तुलन कायम गर्न सक्ने यो रोबोटले विज्ञान क्षेत्रमा नौलो आयाम थप्ने विश्वास कम्पनीको छ।

चिकित्सा क्षेत्र, घरको सेटिंस र अन्तरिक्षमा पनि यसको प्रयोग गर्न सकिने टोयोटाले जनाएको छ। यो वास्तविक जीवन ‘अवतार’ रोबोट हो। टोयोटाले बनाएको यो नवीनतम् संस्करणको नाम ‘टी–एचआर ३१ हयुम्यानोइड’ रोबोट दिइएको छ। यसको तुलना ‘अवतार’ चलचित्रमा प्रयोग गरिएको प्रविधिसँग गरिएको छ।

कम्पनीले स्वास्थ्य संस्थामा मानिसको हेरचार गर्न सक्ने रोबोट प्रणालीका आधारमा यसको विकास गर्ने सोच बनाएको छ। केही दिनपछि जापानको टोकियोमा हुने नविन प्रविधि प्रर्दशनी ‘डोकोमो ओपन हाउस २०१८’ मा यसलाई प्रदर्शन गरिने छ।

यो रोबोटको क्षमता भनेको मानव अपरेटरको कामहरु सजिलै पुरा गर्न सक्नु हो। रिमोट नियन्त्रित प्रणाली ‘मास्टर म्यानुभरिङ सिस्टम’ बाट सञ्चालन हुने यो रोबोटमा सेन्सरबाट प्राप्त सञ्चार संकेतले शारिरीक गतिविधि गर्न सहयोग गर्छ। निर्माताहरु भन्छन्, ‘यसको प्रयोग घरहरु, अस्पतालहरु र एक दिन अन्तरिक्षमा मानिसको सहयोगीको उपयोगमा ल्याउने सकिनेछ।’

‘टी–एचआर ३१ हयुम्यानोइड’मा दर्जनौ सेन्सर जडान गरिएका छन्। मानिसले जुन गतिविधि गर्छ त्यसको कपी उक्त रोबोटले टाढा रहेरै गर्न सक्छ। ‘मास्टर म्यान्युभरिंग सिस्टम’ लाई नियन्त्रण गर्ने मानव अपरेटरले कम्युनिकेसन उपकरणहरु मार्फत ‘५जी’ आधार केन्द्रमा सूचना सञ्चार गर्छ।

त्यसपछि ‘५ जी टर्मिनल’ द्वारा ‘टी–एचआरथ्री’ सम्म सन्देश सञ्चार हुन्छ। यसरी मानव अपरेटरले सीधा रेखामा १० किलोमिटर दूरीमा रहेको रोबोटलाई आफ्नो नियन्त्रणमा राखेर चलाउन सक्छन्।
यसमा जडान गरिएको ‘ट्वान्टी नाइन टर्क सर्भो म्युडल्स’ ले शरीरका अंगहरुलाई गज्जब तरिकाले चलाउन मिल्छ। मोटर्स, रिक्सन गियर्स र टर्क सेन्सर मार्फत रोबोटको प्रत्येक जोर्नीहरुलाई कुर्सीसँग जोडिएको हुन्छ। कुर्सीमा पनि १६ वटा मास्टर कन्ट्रोल रहेका हुन्छन्।

यसमा अपरेटरले आफ्ना पाखुहरु चलाएको अवस्थामा राबोटले पनि त्यसरी नै चलाउने गर्छ। एउटा खुट्टामा उभिरै पनि विभिन्न पोजिसनमा उभिन सक्ने क्षमता पनि यसमा छ।

कम्पनीको ‘पार्टनर रोबोट डिभिजन’का महाप्रबन्धक आकिफुमी टामाओकीले भने, ‘मानिसको सहायक र तिनीहरुको दैनिकीलाई सहयोग पुग्ने मैत्रीपूर्ण रोबोट हामीले बनाएका छाँै।’ उनले सबैका लागि उपयोगी हुनेगरी यसमा अझ बढी मोबिलिटी भएको प्रविधियुक्त रोबोट बनाउने सोच कम्पनीको रहेको बताए।

(एजेन्सीहरु)

प्रकाशित : मंसिर १८, २०७५ १७:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति छैन : दाहाल

कान्तिपुर संवाददाता

कपिलवस्तु — पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति जनाइरहन नपर्ने बताएका छन् । 

कपिलवस्तुमा मंगलबार १०औं कपिलवस्तु महोत्सव उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष दाहाले हाम्रो इतिहास जोडिएकोले प्रदेशको नाम लुम्बिनी राख्दा फरक नपर्ने विचार राखेका हुन्। उनले रुपन्देही, कपिलवस्तु र नवलपरासी एउटै सहर हुने भएपछि राजधानी पनि तिलौराकोट राखिएमा आपत्ति गर्नुपर्ने कुरा नरहेको बताए। तर, प्रदेश नाम लुम्बिनी र राजधानी तिलौराकोट राखिहाल्नुपर्छ भन्ने आफूले वाचा गर्न नसक्ने दाहालको भनाइ थियो।

'साँच्चै लुम्बिनी नाम राख्दा के चाहिँ फरक पर्छ त?, हामीले गण्डकी, कर्णाली राख्यौं भने लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ' दाहालले तर्क गर्दै भने, 'यसमा आदिवासी जनजाति पनि जोडिएको भन्ने छ। सबैलाई समेट्ने नाम छ भने लुम्बिनी नाममा हामीले आपत्ति गर्नुपर्ने केही पनि छैन।' उनले कपिलवस्तुलगायतका जनताको भावनालाई आफूले सम्मान गर्ने भन्दै प्रदेश ५ को नाम र राजधानीका विषयमा पार्टी नेतृत्व र सरकारसँग छलफल गर्ने आश्वासन दिए। उनले भने, 'लुम्बिनी र तिलौराकोटको ऐतिहासिकताबारे तपाईहरुका भावना समेटेर पार्टी र सरकारमा तर्कहरु राख्नेछु।'

आफू बृहत् लुम्बिनी विकास परियोजनाको अध्यक्षसमेत रहेको भन्दै दाहालले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई विश्व शान्ति नगरी बनाउनुपर्ने पनि बताए । ती तीन जिल्लालाई समेटेर विश्वशान्तिको सहर भनेर बनाउँदा कुनै साम्प्रदायिक तत्वहरुको सहर नहुने भन्दै उलेन शान्तिको उत्प्रेरणा लिन संसारभरिबाटै एकपटक आउनै पर्ने सहर हुने दाबी गरे ।

विभिन्न धर्मसम्प्रदायका आ-आफ्नै केन्द्रहरु रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले लुम्बिनी गौतम बुद्धका जन्मस्थल हिन्दु, क्रिस्चियन, बुद्धिस्ट, मुस्लिम सबै धर्मावलम्बीको साझा स्थल भएको बताए ।

प्रकाशित : मंसिर १८, २०७५ १६:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT