यामाहाको नयाँ मोटरसाइकल

कान्तिपुर संवाददाता

काठमाडौँ — यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ ।

सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३ अत्याधुनिक प्रविधिसहित नेपाली बजारमा उपल्बध गराएको हो । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ । जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ ।

Yamaha


नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय छ ।

प्रकाशित : मंसिर १९, २०७५ १५:३०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेसद्वारा अष्ट्रेलियास्थित राजदूत शेर्पामाथि छानबिन गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग राखेको छ । बुधबार प्रेस नोट निकाल्दै प्रमुख प्रतिपक्षी कांग्र‍ेसले शेर्पामाथि 'मानव तस्करीमा संलग्न' भनी लागेको आरोपको सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा लेखिएको छ, 'कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौँ।'

कांग्रेसले छानबिनका क्रममा दोषी ठहरिएमा तत्काल बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

यसअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शर्पाका पूर्व चालक ओङ्छु शेर्पाले मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए। तर, अष्ट्रेलियास्थित दूतावासले भने यसको खण्डन गरेको छ।

राजदूतवासले यसअघि जारी गरेको विज्ञप्तिमा राजदूतमाथि लगाइएका आरोप झूठा रहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको थियो। दूतावासको विज्ञप्तिमा ओङ्छु शेर्पाले २०१७ नोभेम्बर २१ का दिन राजदूत निवासमा कोही नभएको मौका छोपी बहुमुल्य सामान चोरी गरी फरार भएपछि सो जानकारी परराष्ट्र मन्त्रालय, अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयलगायत अन्य सम्बन्धित निकायमा गराइसकेको उल्लेख गरेको छ।

साथै बिज्ञप्तिमा नेपाल र सिंगापुरमा रहेका नेपालीहरुलाई ठगी गरेको लिखितउजूरी दूतावासमा आएपछि कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको भनिएको छ। उनीविरुद्ध दायर गरिएको मुद्दा अदालतमा विचारधीन छ।

दूतवासले ओङ्छु अस्ट्रेलियामा लुकिछिपी बसेर अदालतलाई प्रभावित पार्न र व्यक्तिगत छवि धमिल्याउने उद्देश्यले राजदूत शेर्पामाथि झूठा आरोप लगाएको भन्दै विश्वास नगर्न अनुरोध समेत गरेको छ।

प्रकाशित : मंसिर १९, २०७५ १५:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT