गुगल विजनेस ग्रुपले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्दै

काठमाडौँ — गुगल विजनेस ग्रुप काठमाडौंले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्ने भएको छ । शनिबार आयोजना हुन लागेको उक्त मेला नेपालमै पहिलो र सबैभन्दा प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी दाबी गरेको छ ।

गुगल विजनेस ग्रुपले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्दै

खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको मेलाको उद्देश्य देशभरबाट नया उद्यमीहरु र स्टार्ट अप संस्थापकलाई एउटै ठाउमा ल्याउने र प्रबद्र्धन गर्ने रहेको छ ।


मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्ट अप गर्न इच्छुक तीनहजार बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।


कार्यक्रममा विज्ञहरुले गुगलका नयाँ नयाँप्रविधि सम्बन्धि कार्यशाला प्रस्तुत गर्ने छन् ।


साथै, प्रदर्शनीमा’ गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका(गुगलबिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् ।

प्रकाशित : पुस १९, २०७५ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?