अन्तरिक्षमा घुम्न जाने हाे ? तयार हुँदैछ 'स्टारसिप'

काठमाडौँ — मानिसलाई अन्तरिक्ष भ्रमण गराउने रकेटको 'फर्स्ट लुक' सार्वजनिक भएको छ । मान्छेलाई मंगल ग्रहमा लैजाने महत्वकांक्षी योजना बोकेका अमेरिकी रकेट निर्माता कम्पनी स्पेश एक्सका सीईओ एलोन मस्कले रकेटको 'प्रोटोटाइप' सार्वजनिक गरेका हुन् ।

अन्तरिक्षमा घुम्न जाने हाे ? तयार हुँदैछ 'स्टारसिप'

उक्त रकेटको नाम स्टारसिप रहेको छ । रकेटको परीक्षण उडान गर्ने तयारी भइरहेको मस्कले जनाएका छन् । स्टिल कलरमा पेन्ट गरिएको उक्त रकेटले कुनै दिन मानिसलाई पृथ्वीबाट चन्द्रामा र चन्द्रामादेखि मंगल ग्रहमा लैजाने बताइएको छ ।


रकेटको पहिलो टेस्ट फ्लाइट केही सातामा अमेरिकाका टेक्सास राज्यमा हुने बताइएको छ । मस्कले आफ्नो ट्विवटरमा रकेटको तस्बिर राख्दै भनेका छन्, 'टेस्ट फ्लाइटका लागि स्टारसिप स्पेश एक्सको लन्चिङ् साइटमा तयारी अवस्थामा छ । 'रकेट 'सव अर्बाइटल भीटीओल टेस्ट'का लागि तयार भएको छ र 'अर्बाइटल भर्सन' केही ठूलो हुने मस्कले बताएका छन् ।


फिजिक्स डट ओरजीले भविष्यमा यही मोडलको रकेटले मानिसलाई बोक्ने भएपनि मस्कले सार्वजनिक गरेको प्रोटोटाइप केही छोटो रहेको जनाएको छ । यो रकेटलाई वायुमण्डलमा सयौँ किलोमिटर परीक्षण उडान गराएपछि पृथ्वीमा अवतरण गराइने बताइएको छ ।

स्पेश एक्स अन्तरिक्षयात्रीहरुलाई चाहिने आवश्यक सामग्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आपूर्ति गर्दै आएको छ । उसको फल्कोन-९ र ड्रागन कार्गो क्यापसुलबाट सामाग्रीहरु इन्टरनेशनल स्पेश स्टेशनमा लैजाने गरेको छन् ।

प्रकाशित : पुस ३०, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?