कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आइफोनमा जासुसी गर्न मिल्ने समस्या 

आइफोनको फेसटाइम एपमार्फत जासुसी गर्न मिल्ने स्विकार्दै एप्पलले एक साताभित्र समाधान गर्ने जनाएको छ 
एजेन्सी

क्यालिफोर्निया — विश्व चर्चित मोबाइल आइफोन उत्पादक कम्पनी एप्पलले आफ्नो एपमा जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ । आइफोनमार्फत कुराकानी गर्न मिल्ने ‘फेसटाइम’ एपमा प्रयोगकर्ताले कल नउठाए पनि केही समयका लागि जासुसी गर्न मिल्न सकिने आरोपपछि कम्पनीले उक्त कुरा स्वीकार गरेको हो । 

आइफोनमा जासुसी गर्न मिल्ने समस्या 

त्यसैगरी, आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ । एप्पलले विज्ञप्तिमार्फत यसको समाधान चाँडै नै गर्ने जनाएको छ । ‘हामीलाई उक्त समस्याबारे जानकारी भयो र समाधानका लागि यसै साता सफ्टवेयर अद्यावधिक गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।


ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेसहित कतिपय प्रविधिका जानकारले सामाजिक सञ्जालमार्फत ‘फेसटाइम’ लाई निष्क्रिय पार्न सुझाव दिएका छन् । आइफोनको सेटिङमा गएर फेसटाइमलाई निष्क्रिय बनाउन सकिन्छ ।


कम्पनीले प्रयोगकर्ताको विरोधपछि सफ्टवेयर अद्यावधिक नभएसम्मका लागि फेसटाइममा एकैपटक २ जनाभन्दा बढी प्रयोगकर्ताले कुरा गर्न मिल्ने सुविधा स्थगित गरेको जनाएको छ ।

सूचना प्रविधिसम्बन्धी एउटा ब्लगका अनुसार एप्पलको आईओएस १२ वा त्योभन्दा नयाँ भर्सनको अपरेटिङ सिस्टम भएका मोबाइलबाट उक्त जासुसी गर्न सकिने दाबी गरेको थियो ।


उक्त ब्लगका अनुसार आइफोनमार्फत समूहमा कुराकानीका लागि रिक्वेस्ट पठाउनेबित्तिकै ‘फेसटाइम’ एपले फोन नउठाएका प्रयोगकर्ताको मोबाइलको माइक्रोफोनसमेत सक्रिय गराउने गर्छ ।


कल नउठेर घण्टी जान बन्द भएपछि भने माइक्रोफोन आफैं निष्क्रिय हुने जनाइएको छ । तर फोन अस्वीकार गर्दा वा आइरहेको बेला मोबाइल फोन बन्द गर्दा भने कल गर्ने व्यक्तिलाई प्रयोगकर्ताको जानकारीबिना छोटो भिडियो पठाइने ब्लगले बताएको छ । यद्यपि, एप्पललाई उक्त समस्याबारे पहिले नै थाहा थियो/थिएन भन्नेबारे केही उल्लेख गरिएको छैन ।


एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले ‘गोपनीयता संरक्षणका लागि काम गर्ने’ बताएका छन् । अमेरिकाको लस भेगासमा हालै भएको इलेक्ट्रोनिक्ससम्बन्धी एक प्रदर्शनीमा एपलले आफ्ना उत्पादनको गोपनीयतासम्बन्धी उच्च क्षमताबारे प्रचार गरेको थियो ।


प्रदर्शनीमा भाग नलिए पनि एप्पलले नजिकै प्रचार सामग्री राखेको थियो जसमा लेखिएको थियो, ‘तपाईंको आइफोनमा जे हुन्छ, त्यो आइफोनमै रहन्छ ।’

प्रकाशित : माघ १६, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?