कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सामाजिक सञ्जालले साँच्चै निरासा बढाएको छ ?

घनश्याम खड्का

काठमाडौँ — नेपालमा सामाजिक सञ्चालको आम प्रयोगकर्ता युवाहरु हुन् । तर, तिनै युवा फेसबुक, इन्टाग्राम, टिकटक र युटुवजस्ता एप्सको प्रयोगले नकारात्मक बन्दै गएको खोज र अनुसन्धानले देखाएका छन् । के साँच्चै त्यस्तो हो त ? 

सामाजिक सञ्जालले साँच्चै निरासा बढाएको छ ?

‘मलाई त्यस्तै लाग्छ’ उपन्यास लेखिका तथा युवा उद्यमी सिवानी न्यौपाने भन्छिन्, ‘सामाजिक सञ्जालले आम रुपमा हामीजस्ता युवालाई निरासमात्रै होइन, नकारात्मकसमेत बनाएको छ ।’ खास गरी गालीगलौजले भरिएका र असत्य कुरा भाइरल हुने गरेकामा उनको चिन्ता छ ।


‘मैले एक पटक फेसबुकमा एक बालक हराएको भनी पोष्ट भएको देखेँ । खोज्नलाई सघाउ पुगोस् भनेर मैले पनि सेयर गरेँ’ पत्रकारसमेत रहेकी उनले भनिन्, ‘तर, कसैले मजाक गरेर बाबुआमासँगै भएको बच्चाको फोटो त्यसै राखिदिएको रहेछ, त्यो थाहा पाएपछि मैले आफ्नो पोष्ट हटाउञ्जेल धेरै ढिलो भएको महसुस भयो किनभने त्यतिखेरसम्म बच्चाको नाम र तस्बिर भाइरल भइसकेको थियो ।’


नेपालसँगको मित्रताको ७० औं वर्षगाँठ मनाउने क्रममा फ्रान्सेली दूतावास र फ्रान्सेली भाषा केन्द्रले नेपाली युवाले सामना गर्नु परेको समयका बारेमा बिहीबार राजधानीमा गरिएको संवादमा सिवानीको यो अनुभवसँग मिस वर्ल्ड श्रृंखला खतिवडा पनि सहमत थिइन् । ‘हो, सामाजिक सञ्जालमार्फत झुठा खबर र कसैको चरित्रका बारेमा अफवाहहरु फैलाइन्छन्’ उनले भनिन्, ‘मेरा बारेमा पनि कतिपय नकारात्मक टिप्पणीहरु भए । तर म दोष माध्ययमलाई दिन्न, यसमा हामो मानसिकतामा सुधार गर्न जरुरी ठान्छु ।’


देशलाई सराप्दै विदेश पलायन हुने प्रवृत्ति झांगिदै गएकामा उनलाई दु:ख लागेको रहेछ । ‘नेपालमै केही गर्न सकिन्छ भन्ने सोच हाम्रो पुस्तामा ल्याउन त्यही सामाजिक सञ्जाललाई प्रयोग गर्न सकिन्छ भन्ने मलाई लाग्छ’ उनी भन्छिन्, ‘देश बदल्ने हो भने नेपालको कृषि र पर्यटनमा युवा जोश चाहिन्छ ।’


छलफलमा सहभागी मौसम वैज्ञानिक अरनिको पाण्डे भने युवाहरु सामाजिक सञ्जालको लतबाट मुक्त भएर जलवायु परिवर्तनले देशलाई पारिरहेको असरका बारे संवेदनशील हुने समय आएको बताउँछन् । ‘बढ्दो तापमानबाट हाम्रो हिमाल पग्लिरहेको छ र हामीलाई ठूलो असर पारिरहेको छ’ उनी भन्छन्, ‘त्यसैले युवाहरुलाई यो अवस्थाबारे चेताउन र समाधान खोज्ने बनाउन सामाजिक सञ्जालको प्रयोग उपयोगी हुन सक्छ ।’


नेपालका परम्परागत नेवारी घरको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएकी फ्रान्सेली युवती क्यामिले हानेस्से पनि युवाहरुलाई बदल्न सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण भएको ठान्दिरहिछन् । ‘परम्पराको संवर्द्धनमा युवाहरुलाई लगाउन सके निरासा होइन उनीहरुमा आसाको सञ्चार हुन्छ किनभने यसले रोजगारीको सिर्जना गर्छ’ उनले भनिन् ।


‘मलाई लाग्छ आफ्नो समयको चुनौतीलाई व्यवस्थापन गर्न नेपाली युवा निरास होइन, जागरुक हुनु पर्छ’ छलफलको संयोजक नेपाल इकोनोमिक फोरमका अध्यक्ष सुजीव शाक्य भन्छन्,‘धेरै विषयहरु छन् जसमा युवा जोश र प्रस्ट बुझाइको आवश्यकता छ । त्यो मध्ये जलवायु परिवर्तन, सम्पदाको संरक्षण र आसाको सञ्चार मुख्य हुन् ।’ केही समययता फ्रान्सेली दूतावासले हरेक वर्ष युवाका विविध पक्षबीच यस्तो बहसको आयोजना गर्दै आएको छ ।


यस्तो छलफलले युवाहरुलाई उत्साहित मात्रै होइन, आफ्नो समयको चुनौतीलाई सामना गर्न अग्रसर समेत पार्छ भन्ने अनुभव फ्रान्सेली राजदूत जाविय लेजेको छ । ‘भविष्यका धेरै आयाम छन्, जस्तो कि सन् २०१० मा एक सय खर्बको बजेट ल्याउने नेपालको लक्ष्य छ, त्यसै समय दीगो विकासअनुसार चल्नु पर्ने आवश्यकता पनि छ’ उनले भने, ‘यसका विविध चुनौतीलाई आ-आफ्नो क्षेत्रबाट सामना गर्न यस्तो छलफलको ठूलो महत्व छ ।’

प्रकाशित : माघ १७, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?