कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सामसङ फाइभजीलाई मजबुत बनाउँदै 

हुवावेको आलोचना भइरहँदा अवसर छोप्ने तयारीमा सामसङ लागेको हो 
रोयटर्स

सोल — सुरक्षाको विषयलाई लिएर चीनको हुवावे टेक्नोलजी विवादमा परेपछि सामसङ इलेक्ट्रोनिक्सले आफ्नो प्राविधिक स्तरोन्नति तीव्र बनाएको छ । स्रोतका अनुसार सामसङले आफ्ना दक्ष व्यवस्थापक समूहसहित अन्य थुप्रै कर्मचारीलाई हयान्डसेट युनिटबाट टेलिकम नेटवर्क डिभिजनमा खटाइसकेको छ ।

फाइभजी वायरलेस नेटकर्वको उच्चस्तरीय आपूर्तिकर्ताका रूपमा सामसङले आफूलाई पुन:स्थापना गर्न खोजेको हो । यसले बजारको अगुवा हुवावे, एरिक्सन र नोकियाबीचको ठूलो अन्तर पुर्न खोजेको छ ।

फ्रान्सको अरेन्ज नेटवर्ककी प्रमुख प्रविधि अधिकृत मारी–नोल जेगो–लाभेसियर पोहोर जापान भ्रमणमा छँदा सामसङले फाइभजी निर्माणमा गरेको तीव्र तयारी देखेर प्रभावित भएको रोयटर्सलाई बताएकी थिइन् ।

विश्वभर २७ वटा बजारमा सञ्चालित अरेन्जले हुवावेका सर्वाधिक उत्पादन उपयोग गर्ने गरेको छ । यद्यपि यसपटक सामसङमार्फत फ्रान्समा पहिलो पटक फाइभजी सेवा परीक्षण गर्ने अरेन्जले जनाएको छ । ‘सामसङले युरोपमा व्यवसाय विस्तारका लागि ठूलो जोड दिइरहेको छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले बताए ।

दक्षिण कोरियाका प्रधानमन्त्री ली न्याक–योनले गएको जनवरीमा सामसङ नेटवर्कको कार्यालय भ्रमण गरेका थिए । त्यो बेला प्रधानमन्त्रीसँगको गोप्य वार्ताका क्रममा सामसङका उत्तराधिकारी जे वाई लिले दक्ष इन्जिनियर भर्तीका लागि सरकारसँग सहयोग मागेको चर्चा छ । अर्कातिर संयुक्त राज्य अमेरिका र अन्य पश्चिमा मुलुकले हुवावेका उपकरण सुरक्षित नभएको आरोप लगाइरहेका छन् । त्यसले चिनियाँ गुप्तचरको काम गर्ने भएकाले फाइभजी नेटवर्कमा प्रयोग गर्न नहुने तिनको दाबी छ ।

हुवावेलाई फाइभजी दिन नहुने कुरामा अस्ट्ेरलिया र न्युजिल्यान्डले अमेरिकाको समर्थन गरेका छन् । हुवावेले भने आफ्नो प्रविधि प्रयोगमा कुनै खतरा नरहेको जिकिर गर्दै आएको छ । यो विवादले सामसङलाई दुलर्भ अवसर प्रदान गरेको स्पष्ट देखिन्छ । टेलिकम्युनिकेसन कम्पनीहरू अहिलेलाई फोजी सुविधा दिनेहरूसँग आबद्ध रहिरहन सक्छन् । फाइभजीमा जाँदा खर्चिलो हुने भए पनि राजनीतिक दबाबका कारण कम्पनीहरू फाइभजी प्रदायकसँग जोडिन बाध्य हुने देखिन्छ ।

‘सुरक्षाको विषयलाई लिएर हुवावेले चेतावनी झेलिरहेको बेला हामी आफ्नो नेटकर्व व्यापार मजबुत गरेर बजार अवसर हात पार्न चाहन्छौं,’ सामसङका एक अधिकारीले भने । कम्पनीले यसबारे बोल्न नदिएको भन्दै उनले पनि नाम खुलाउन मानेनन् । मेनस्टे चिप्स र स्मार्टफोनको व्यापार सुस्ताएको हुँदा सामसङ अहिले नयाँ उचाइको खोजीमा छ ।

यसका लागि २२ खर्ब डलर लगानी गरेर फाइभजी मोबाइल टेक्नोलजी सुरु गर्न लागेको छ । आर्टिफिसियल इन्टेलिजेन्स, बायोफार्मा र स्वचालित विद्युतीय पुर्जाका क्षेत्रमा पनि यसले लगानी गर्दै छ । सामसङको गतिविधिलाई लिएर हुवावेको राय बुझ्दा उसले प्रतिस्पर्धी बजारलाई स्वागत गर्ने अभिव्यक्ति दिएको छ ।

सामसङले भारतमा समेत फाइभजी नेटवर्क वृद्धि गर्न स्थानीय रिलायन्स जीओसँग वार्ता गरिरहेको छ । यस्तो हुन सकेमा अपस्टार्ट क्यारियरका लागि सामसङ प्रमुख सेवा प्रदायक हुनेछ र यो उसको सर्वाधिक ठूलो सफलता बन्नेछ । ‘भारतमा फाइभजी धेरै टाढाको कुरा छैन,’ सामसङका अधिकारीको भनाइ छ ।

मार्केट ट्रयाकर डेल’ ओरो समूहका अनुसार विश्व दूरसञ्चार पूर्वाधार बजारमा हुवावेको २८ प्रतिशतको तुलनामा दक्षिण कोरियाली फार्मले ३ प्रतिशत मात्रै हिस्सा ओगट्छन् । सामसङले नेटवर्कको सानो अंश मात्रै वितरण गर्दै आएको छ । टेलिकम बजारमा छलाङ मार्न सामसङलाई सफ्टवेयर इन्जिनयरको दक्ष जनशक्ति जुटाउन प्रमुख चुनौती रहेको छ । हामीलाई धेरै सफ्टवेयर इन्जिनियर चाहिएको छ,’ सामसङका लीले आफ्ना प्रधानमन्त्रीसँगको भेटमा भनेका थिए, ‘त्यो जनशक्ति जुटाउन सरकारको सहयोग चाहिएको छ ।’ गुमी सहरको सरकारी निकायका अनुसार सामसङको नेटवर्क बिजनेस युनिटले ५ हजार जनालाई रोजगारी दिएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?