चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक

कान्तिपुर संवाददाता

बेइजिङ — अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । 

चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइनमा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ । यो अघिल्लो बर्षको तुलनामा आठ प्रतिशत वृद्धि हो ।

Citizen

चीनको अनललाइन म्यूजिक बजारका कारण संगीतलाई वैधानिक तरिकाले सुन्न सकिएको र यसबाट संगीतकार, सर्जक तथा गायकको कपिराइट्स अधिकारलाई कार्यान्वयनमा लान सहज बनेको अनलाइन म्युजिक विकासका लागि काम गर्दै संस्थाले जनाएको छ । अनलाइनबाट म्युजिक सुन्दा घरेलु नेटइज क्लाउड म्युजिक र टेन्सेन्ट म्युजिकजस्ता कम्पनीले पनि प्लेटफर्म पाएका बताइएको छ ।

अन्तर्राष्ट्रिय फोनोग्राफिक इन्डस्ट्री फेडेरेसनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “९६ प्रतिशत चिनियाँ संगीत प्रयोगकर्ताले वैधानिकरूपमा संगीत सुन्ने गरेको छ जवकी विश्वमा औषत ६२ प्रतिशत संगीत पारखीले मात्र कानूनसम्मत हिसाबले संगीत सुन्ने गरेका छन् ।”

प्रकाशित : फाल्गुन १८, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

इमानदार नेताको अभाव : पूर्वराष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिले इमानदार नेता नभएकाले मुलुक समृद्धिको दिशामा अघि बढ्न नसकेको बताएका छन् । राजधानीको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३९ औं वाषिर्कोत्सव कार्यक्रममा शनिबार बोल्दै यादवले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीजस्ता नेताहरू कोही भए देखाइदिन आग्रह गरे ।

पार्टीहरूले ठेकेदारलाई चुनाव लडाउने र समानुपातिक सिटमा पैसा लिएर सांसद बनाउने काम गरेकाले इमानदार राजनीति गर्नेहरूको अभाव हुन थालेको उनले बताए । इमानदार नेताले चुनाव लड्न नसक्ने चिन्ताजनक स्थिति
बनेको उनको धारणा थियो ।

उनले राजनीति ठीक दिशामा नभएकाले शैक्षिक क्षेत्रको उचित विकास हुन नसकेको बताए । यादवले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको बताए । 'विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि विश्वमै प्रतिस्पर्धी बनाउनु आवश्यक छ,' उनले भने । उनले शिक्षकले विद्यार्थीलाई रोबोट बनाएका छन् कि मान्छे भनी प्रश्न उठ्न थालेको बताए ।

प्रकाशित : फाल्गुन १८, २०७५ २०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्