अन्तरिक्ष पठाइयो नमुना पर्यटक

एजेन्सी

फ्लोरिडा — अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । 

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट परीक्षण उडान गरिँदै रकेट । तस्बिर : रोयटर्स

यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै मानव थिएनन् । रिप्ले नाम दिइएको मानव आकृतिलाई अन्तरिक्ष यात्रीले लगाउनेजस्तो पोसाक लगाइएको छ भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ ।

Citizen

मानव अन्तरिक्षमा जाँदा उनीहरूले भोग्ने चापलगायत विभिन्न तथ्यांकहरू यी सेन्सरबाट संकलन गर्ने योजना छ ।अमेरिकाको क्यालिफोर्नियामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधिमा यो ठूलो सफलता मानिएको छ । पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरिक्षमा लैजाने उद्देश्य साथ यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरिक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमित रूपमा अन्तरिक्षमा मानव पर्यटक लैजान यो वर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ । स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरिक्षमा व्यावसायिक रूपमा मानव ग्राहक लैजान पहिलो हुने बताए ।

सन् २०११ यता अमेरिकासँग अन्तरिक्षमा मानव पठाउने विमान छैन । आफ्ना अनुसन्धानकर्तालाई अन्तरिक्ष पठाउन उसले रुसलाई पैसा तिरिरहेको छ । अर्बपति मस्कले भने मानिसलाई पर्यटकका रूपमा चन्द्रमा लैजान चाहन्छन् ।

डेमोस्वरूप स्पेस एक्सका फल्कन नाइन रकेट र ड्र्यागन क्रु क्याम्पसुल केनेडी स्पेस सेन्टरको ऐतिहासिक प्यान ३९ एबाट पूर्वतयारीबमोजिम उठेका थिए ।

‘सन् २००२ देखि यो अवस्थासम्म आइपुग्न १७ वर्ष लाग्यो । खुलस्त रूपमा भन्दा म भावनात्मक रूपमा थाकेको छु, यो निकै चुनौतीपूर्ण थियो,’ डमी मानवलाई अन्तरिक्षमा पठाएपछि उनले भने । ‘अहिले नासालाई सहयोग गर्न हामी बढी केन्द्रित छौं तर ड्र्यागन नियमित सञ्चालनमा आएपछि हामी व्यावसायिक रूपमा मानवलाई अन्तरिक्षमा लैजान ग्राहकको खोजीमा लाग्छौं । यसका लागि नासाको प्रशासन पनि निकै सकारात्मक छ ।’

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जान चाहने मानिसहरू आफ्ना ग्राहक हुन सक्ने मस्कको आकलन छ । स्पेस एक्सले यसअघि सोयुज कारलाई अन्तरिक्ष पठाएको थियो ।

मानवलाई अन्तरिक्षमा लैजान स्पेस एक्सले तयार पारेको विमान ड्र्यागन क्रु क्याप्सुलमा विभिन्न लाइफ सपोर्ट सिस्टम राखिएको छ । विमानमा कुनै गडबडी आए पृथ्वीमा फर्कन मिल्ने गरी यसमा तीन वटा प्यारासुट पनि राखिएको छ ।

केही वर्षअघिसम्म अमेरिकी अनुसन्धान निकाय नासाका इन्जिनियरले अन्तरिक्षमा जाने विमान निर्माणमा खटनपटन गर्थे । उनीहरूकै डिजाइनमा तयार हुने विमान निर्माताले त्यसको सञ्चालन मात्रै गर्थे । अहिले अवस्था फेरिएको छ । हिजोआज नासाले आफूलाई चाहिएको विशेषता भन्छ र कम्पनीहरूले त्यो आवश्यकता पूर्तिको काम गरिदिन्छन् ।

सन् २०११ यता अमेरिकाले आफ्नो अनुसन्धानकर्ता अन्तरिक्षमा पठाउन रुसी विमान प्रयोग गर्दै आएको थियो । नासाले मानिस ओसार्न सक्ने विमान निर्माणका लागि स्पेसएक्स र बोइङसँग करिब ७ अर्ब डलर बराबरको सम्झौता गरेको छ । अन्तरिक्ष पुगेपछि ड्र्यागन पुनः पृथ्वीमा फर्कन यसैमा थ्रस्टर राखिएको छ, जसले विमानलाई पृथ्वीतर्फ धकेल्छ । अन्तरिक्षमा पठाइएको ड्र्यागन शुक्रबारसम्म त्यहाँ बस्नेछ ।

अन्तरिक्षमा मानव लाने विमान नहुँदा अमेरिकाले रुसलाई प्रतिसिट ८ करोड डलर तिर्दै आएको थियो । रुससँग अन्तरिक्षमा मानिस लैजान अमेरिकाले सन् २०१९ सम्मको सम्झौता गरेको भए पनि यो वर्षको अन्त्य र आगामी वर्षका लागि केही सिट किनिसकिएको छ । अहिलेको परीक्षण पूर्ण रूपमा सफल भए ड्र्यागन क्रुको जुनमा सुरक्षासम्बन्धी परीक्षण गर्ने योजना छ । यसमा इमर्जेन्सीको अवस्थामा कसरी काम गर्छ भन्ने परीक्षण हुनेछ ।

स्पेस एक्सले आफ्नो विमानमा मानवका रूपमा नासाका दुई अन्तरिक्ष यात्रीलाई बोकेर लैजाने तयारी गरेको छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चार दिनमा सवा ९ अर्बले घट्यो बजार

कान्तिपुर संवाददाता

काठमाडौँ — गएको चार दिनमा मात्र सेयर बजारको आकार करिब सवा ९ अर्ब रुपैयाँले खुम्चिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेको हो । यसको अर्थ लगानीकर्ताको सम्पत्तिको मूल्य घट्नु हो ।

बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको वर्तमान बजार मूल्यले गुणा गरी पुँजीकरण निकालिन्छ । यसकारण पुँजीकरण बढदा लगानीकर्ताको सम्पत्तिको आकार बढछ भने घट्दा घट्छ । यसकारण अहिले बजार पुँजीकरण घटेकाले लगानीकर्ताको सम्पत्ति पनि घट्यो भन्ने अर्थमा विश्लेषण गरिएको हो ।

गत बिहीबारसम्म नेपाली सेयर बजारको आकार १३ खर्ब ४९ अर्ब रुपैयाँ छ । गत साताको तुलनामा यो साता यस्तो पुँजीकरण सवा ९ अर्ब रुपैयाँले कम हो । अघिल्लो बिहीबार यो १३ खर्ब ५८ अर्ब रुपैयाँ थियो ।

यो साता उत्पादन तथा प्रशोधनबाहेक सबै समूहअन्तर्गतका कम्पनीका लगानीकर्ताले गुमाए । जसमध्ये पनि होटल र बिमा समूहका लगानीकर्ताको सम्पत्ति उच्च दरले घट्यो । त्यसपछि लघुवित्त, बैंकिङ र विकास बैंक समूहको गिरावट दर उच्च रह्यो । यद्यपि उत्पादन तथा प्रशोधन समूहको परिसूचक २५.३२ अंकले बढ्यो ।

यो साता नेप्से परिसूचक रकारोबार रकम पनि घट्यो । उक्त अवधिमा साप्ताहिक नेप्से परिसूचक ०.६८ प्रतिशतले घटेर १ हजार १ सय ५.५३ विन्दुमा ओर्लियो । सोही अवधिमा कारोबार रकममा सवा १९ प्रतिशतले कमी आयो । यो साता सेयर बजारमा करिब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

साताभरको कुल कारोबारमा बैंकिङ समूहले सबैभन्दा बढी ४२.६८ प्रतिशत हिस्सा ओगट्यो । उक्त अवधिमा भएको कुल ८० करोड रुपैयाँ बराबरको कारोबारमध्ये वाणिज्य बैंकहरूको मात्र ३४ करोड रुपैयाँको सेयर किनबेच भए । बैंकपछि धेरै कारोबार हुनेको दोस्रोमा बिमा समूह रह्यो । उक्त अविधको कुल कारोबारमा बिमा समूहको हिस्सा साढे १९ प्रतिशत रह्यो । जसमध्ये जीवन बिमाको ८.७१ प्रतिशत र निर्जीवन बिमाको हिस्सा १०.३१ प्रतिशत रहेको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः लघुवित्त, जलविद्युत् र संस्थापक सेयरको रह्यो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । उक्त अवधिमा एभरेस्ट इन्स्योरेन्सको१४ लाख कित्ता हकप्रद सेयरसूचीकृत भए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT