चीनमा अनलाइन शिक्षाको लोकप्रियता बढ्दो

सिन्ह्वा

बेइजिङ — चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्र रुपमा बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले वृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । 

चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत अनलाइन शिक्षा लिएको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरले जनाएको छ । सन् २०१७ को तुलनामा यो ६३.३ प्रतिशतले बढी हो ।

Citizen


स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इन्टरनेटको प्रयोग र पहुँचमा व्यापक सुधार भएकाले अनलाइन शिक्षाको लोकप्रियता बढेको अधिकारीहरुले बताएका छन् । अनलाइन शिक्षाका लागि प्राप्त विकल्पमध्ये स्मार्टफोन सबैभन्दा प्रभावशाली देखिएको छ ।

सूचना आदानप्रदानमा चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमा प्राप्त सुविधाका कारण पनि अनलाइन शिक्षाप्रति मानिसहरुको आकर्षण बढेको हो ।

प्रकाशित : फाल्गुन १९, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि

छोरीहरुले दिए दागबत्ती
तस्बिर : इलिट जोशी

काठमाडौँ — उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेता अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन भएको हो। 'करेन्ट निमोनिया' कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो।

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए।

२०५१ पुस ११ पहिलो बजेट ल्याउँदै 'आफ्नो गाउँ आफैं बनाऔँ' भन्ने कार्यक्रम ल्याए। २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।


प्रकाशित : फाल्गुन १९, २०७५ १४:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्