स्मार्ट कार्डबाट सेनेटरी प्याड 

प्रतीक्षा काफ्ले

स्याङ्जा — फेदीखोला गाउँपालिकाले स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएकाे छ । फेदीखोला-२ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयमा सेनेटरी प्याड मेसिन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । 

स्मार्ट कार्डबाट सेनेटरी प्याड 

महिनावारीका कारण छात्राहरु दुई/तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य गर्न मेसिन संचालनमा ल्याइएको सुवेदीले बताए ।

गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहकार्यमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको उनले बताए ।


मेसिनमा प्रयोग हुने स्मार्ट कार्ड प्रत्येक विद्यार्थीलाई एक/एकवटा दिइनेछ । उक्त कार्ड मेसिनमा राखे पछि त्यहाँबाट प्याड निस्किन्छ । एउटा कार्ड एकपटक मात्र प्रयोग गर्न सकिने छ । उक्त मेसिनको लागत ८८ हजार रहेको गाउँपालिकाले जनाएको छ । मेसिनभित्र ५० वटा प्याड अटाउँछन् । प्याड सकिएपछि पुनः गर्न सकिनेछ ।

प्रकाशित : चैत्र १७, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?