कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुगलको ड्रोन सेवा

नारायण खड्का

अस्ट्रेलिया — गुगलले अस्ट्रेलियाको राजधानी क्यानबेराबाट व्यावसायिक ड्रोन डेलिभरी सेवा सुरु गर्ने भएको छ । अस्ट्रेलियाको हवाई सुरक्षासम्बन्धी नियमन निकाय सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा) ले उडानका लागि अनुमति दिएपछि औपचारिक रूपमा केही महिनाभित्रै कम्पनीले सेवा सुरु गर्ने भएको हो ।

गुगलको ड्रोन सेवा

‘विङ’ नाम दिइएको यो व्यवसाय गुगलको अभिभावक कम्पनी ‘अल्फाबेट’ ले सञ्चालन गर्ने जनाएको छ । अल्फाबेटको पहिलो सार्वजनिक ड्रोन डेलिभरी कम्पनी हो । सञ्चारमाध्यमहरूका अनुसार गुगलले पुर्‍याउने यो व्यावसायिक डेलिभरी सेवा क्यानबेराको स्थानीय सहरहरू क्रेस, पालमरस्टन र फ्यांकलिनमा उपलब्ध हुनेछन् ।


यसैगरी कम्पनीले आफ्नो सेवा क्यानबेराकै अन्य क्षेत्रहरू ह्यारिसन र गुंगालिनमा समेत विस्तार गर्ने जनाएको छ । गुगलले सुरु गरेको यो व्यवसायले वार्षिक ३० देखि ४० मिलियन अस्ट्रेलियन डलरको व्यापार हुने विश्वास गरिएको छ । सुरुमा यो सेवाबाट सय बढी घरपरिवार लाभान्वित हुने जनाइएको छ ।


गुगलले पुर्‍याउने सेवामा औषधि, कफी, खाना, चकलेट, पाउरोटीलगायत पदार्थ रहने छन् । स्थानीय उत्पादनकर्ताहरूको सहकार्यमा उत्पादित सामग्रीहरू वितरण गरिनेसमेत बताइएको छ । ‘कासा’ का प्रवक्ता पिटर गिब्सनले अनुमति दिने क्रममा ड्रोनको सुरक्षा, ट्राफिक व्यवस्थापन, पाइलट तालिम, सञ्चालन विधिलगायत सबै फ्रक्रियाको छानबिन गरेर मात्र अनुमति दिइएको बताए ।


‘अनुमति दिने त्रममा हामीले सबै सुरक्षा प्रक्रियाको अध्ययन गर्नुका साथै यस सेवाले हवाई क्षेत्र र स्थानीय जनतालाई कुनै हानि नहुने पाएका छौं,’ उनले स्थानीय सञ्चारकर्मीलाई भने । उनका अनुसार तत्कालका लागि गुगलको उक्त ड्रोनले दिउँसो मात्र वितरण सेवा दिन सक्नेछ भने मुख्य सडकहरूको माथि ड्रोन उडाउन पाउने छैन ।


गुगलले ड्रोनमार्फत व्यावसायिक वितरणको औपचारिक अनुमति प्राप्त गर्नुअघि करिब १ वर्षसम्म यससम्बन्धी परीक्षण गरेको थियो । गुगलले अनुमति पाए पनि सर्वसाधारणहरूको नजिकबाट ड्रोन उडाउन पाउने छैन भने यसका ग्राहकहरूलाई ड्रोनबाट अपनाउनुपर्ने सतर्कतासम्बन्धी सूचनासमेत दिनुपर्नेछ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?