कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

टेलिकमको फोजीमा केके हुनेछ सुविधा ? जान्नैपर्ने केही कुरा

काठमाडौँ — नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड छ ।

टेलिकमको फोजीमा केके हुनेछ सुविधा ? जान्नैपर्ने केही कुरा

फोजीसहित थ्रीजी र टुजी


टेलिकमले देशैभर फोजी विस्तार गरे पनि टेलिकमका प्रयोगकर्ताले फोजी नै प्रयोग गर्नुपर्छ भन्ने छैन् । उनीहरुले आफ्नो आवश्यकता हेरी टुजी, थ्रीजी पनि प्रयोग गर्न सक्नेछन् ।


स्पिड


टेलिकमले विस्तार गर्न लागेको फोजी नेटवर्कमा अधिकतम स्पिड १३० एमबीपीएस हुनेछ । थ्रीजी अपग्रेड गरी फोजी बनाउँदा अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हुन्छ । अहिले काठमाडौं र पोखरामा सीमित टेलिकमको फोजी सेवाको अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हो । यसैले टेलिकमले विस्तार गर्न लागेको फोजीको स्पिड धेरै हुनेछ ।


भीओएलटीई


भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बनाउँनेछ । डाटाको गतिजत्तिकै भ्वाइस -आवाज) को गति पनि बढ्नेछ । यसले फोन लाग्ने समय पनि घट्नेछ । साथै, यो सुविधामा भिडियो कल गर्नको लागि तेस्रो एपको आवश्यकता पनि आवश्यक पर्दैन ।


भीओआइपी


यसमा हुने सुविधा भ्वाइस ओभर वाईफाई अर्थात भीओवाइफाई पनि हो । भिओवाइफाई भिओएलटीईकै विस्तारित रुप हो । यसको सबैभन्दा ठूलो सुविधा भनेको मोबाइलको नेटवर्क बिना पनि वाइफाइको सहयोगमा फोन लाग्नु हो । कुनै स्थानमा मोबाइल नेटवर्क कम छ वा छदै छैन तर वाइफाईमा मोबाइल कनेक्ट छ भने वाइफाईकै सहयोगमा अर्को मोबाइल नम्बरमा फोन गर्न सक्नु यसको विशेषता हो । अहिलेका चल्तीमा रहेका २० हजार मूल्य माथिका अधिकांश स्मार्टफोनले यो प्रविधि सपोर्ट गर्छन् । भारतमा पनि जियो सहितका केही मोबाइल सेवा प्रदायकहरुले भर्खरै यो प्रविधि परीक्षणको रुपमा सुरु गरेका छन् ।


सेल्फ अर्गनाइजिङ नेटवर्क


टेलिकमको फोजी नेटवर्कमा पूर्णरुपमा स्वचालित सेल्फ अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधि रहने छ । यसको अर्थ हो कुनै बीटीएस टावरमा कुनै समस्या आएर नेटवर्कमा गडबडी भए त्यो भन्दा पर रहेको अर्को बीटीएस टावरले त्यो समस्या बुझेर आफ्नो क्षेत्र बाहिरको मोबाइललाई नेटवर्क प्रदान गर्नेछ । यो पूर्ण रुपमा स्वचालित प्रविधि हुने टेलिकमले जनाएको छ ।


टावर


फोजी विस्तारको क्रममा घना बस्ती र ठूला घरहरु भएका स्थानमा नेटवर्कलाई सुचारु बनाउन करिब ६ हजार साना टावर राखिने टेलिकमले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरुमा यस्ता साना खालका टावर हुनेछन् । यस्ता टावरले नेटवर्कलाई बलियो बनाउन सघाउँनेछन् । घरको भूमिगत तलामा फोन नलाग्ने, धेरै भीड हुने स्थानमा फोन राम्ररी नसुनिने समस्या समाधानको लागि यसो गर्न लागिएको हो ।


फाइभजी रेडीनेस


देशैभर टेलिकमले विस्तार गर्ने फोजीको नेटवर्क पछि फाइभजी विस्तार गर्नको लागि पनि उपयुक्त हुनेछ । देशैभर फोजी विस्तार पछि टेलिकमले परीक्षणको रुपमा काठमाडौंसहित पोखरा, नेपालगञ्ज र बिराटनगरमा फाइभी नेटवर्कको परीक्षण गर्नेछ । फाइभजी नेटवर्क अहिले पनि परीक्षणको चरणमा छ ।


कसले पाए काम ?


हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआइ) ले रेडियो एक्सेस नेटवर्क (र्‍यान) र जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन् । टेलिकमको टावरहरुबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ भने ग्राहकको फोनबाट टावरसँग सम्पर्क गराउने काम रेडियो एक्सेस नेटवर्कले गर्छ ।


अहिलेको फोजी


अहिले नेपाल टेलिकम र एनसेलले दिइरहेको फोजी सेवा थ्रीजी नेटवर्कमा गरिएको अपग्रेड हो । टेलिकमले काठमाडौं र पोखरामा २०७३ पुस १७ बाट फोजी सेवा सुरु गरेको थियो । नेपालमा पहिलो पटक टेलिकमले फोजी सुरु गरेको भए पनि २०७४ जेठबाट फोजी सेवा सुरु गरेको निजी क्षेत्रको सेवा प्रदायक एनसेलले दुई दर्जन बढी सहरमा सेवा विस्तार गरिसकेको छ ।


प्रकाशित : वैशाख ९, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?