२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

गुगलको सेवा नचले स्मार्टफोनको पैसा फिर्ता 

काठमाडौँ — जिमेल, गुगल प्ले स्टोर, गुगल म्याप, यूट्युवजस्ता सेवाबाट वञ्चित हुनु परे हुवावेको स्मार्टफोन किन्ने ग्राहकले शतप्रतिशत रकम फिर्ता पाउने भएका छन् ।

गुगलको सेवा नचले स्मार्टफोनको पैसा फिर्ता 

हुवावे स्मार्टफोनको नेपालका लागि वितरक कल मोबिलिटीले विज्ञप्ती जारी गर्दै हुवावेस्मार्टफोन किन्नेहरुले गुगलको सेवाबाट वञ्चित हुनु परे शतप्रतिशत रकम फिर्ता गर्ने घोषणा गरेको हो ।


आफ्नो वा आफू अन्तर्गतको स्टोरबाट खरिद भएका स्मार्टफोनलाई मात्रै यो सुविधा दिइने कल मोबिलिटीले जनाएको छ । हुवावेका वाई सिरिजका १२ वटा मोडल र नोभा सिरिजका ७ मोडल, पी सिरिजका पी ट्वान्टी, पी ट्वान्टी प्रो, पी थर्टी र पी थर्टी प्रो मोडलका स्मार्टफोन किन्ने उपभोक्ताले यो सुविधा पाउनेछन् ।


मयस्तै मेट सिरिजका मेट टेन र मेट ट्वान्टी प्रो किन्नेहरुले पनि गुगलको सेवाबाट वञ्चित हुनु परे रकम फिर्ता पाउने विज्ञप्तीमा जनाइएको छ । यस्तै, हुवावेको मिडियाप्याड ट्याब्लेडका उपभोक्ताले पनि यस्तै सुविधा प्राप्त गर्नेछन् ।


किनेपछि भौतिक क्षति पुगेका र तेस्रो पक्षको सफ्टवेयर वा रुट गरिएका फोनलाई भने पैसा फिर्ता नदिइने विज्ञप्तीमा जनाइएको छ ।


गत महिना एन्ड्रोइड निर्माता अमेरिकी कम्पनी गुगलले आफ्नो अपरेटिङ सिस्टमको प्रयोगबाट चिनियाँ कम्पनीलाई वञ्चित गर्ने निर्णय गरेको थियो । गुगलले तीन महिनापछि हुवावेका फोनमा आफ्नो सेवा नचल्ने घोषणा गरेको छ ।

अनुमति लिएर मात्रै अमेरिकी कम्पनीसँग सम्बन्ध राख्न पाउने कम्पनीको सूचीमा अमेरिकी सरकारले हुवावेलाई राखेपछि गुगलले हुवावेसँगको सम्बन्ध अन्त्यको घोषणा गरेको हो ।


प्रकाशित : असार ९, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?