कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण

अतुल मिश्र

काठमाडौँ — मुलुकका सबै भू–भाग बाट आकाश सफा रहे मंगलबार अबेर राति खण्डग्रास चन्द्र ग्रहण देख्न सकिन्छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्छ । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार मंगलबार गुरुपुर्णिमाको राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ ।

चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेट सम्म चन्द्रमाको केही भाग रातो/तामा रङ्गको देख्न सक्नेछन् । पृथ्वीको वायुमण्डलको छान्ने र परावर्तित गर्ने प्रभावको कारण ग्रहणको समय चन्द्रमाको रङ्गमा भइरहेको परिवर्तन अनौठो लाग्ने खगोलविद्हरु बताउँछन् ।

वीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माको अनुसार चन्द्रमालाई मङ्गलवार बिहान १२ बजेर २८ मिनेटदेखि विरल छायाले ढाक्न सुरु गर्छ भने राति १ बजेर ४६ मिनेटदेखि सघन छायाले ढाक्न सुरु गर्छ ।


यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेटदेखि विरल छायाले ढाक्न छोड्छ । तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकोले यो देखिँदैन ।


पुर्णिमाको राति मात्र हुने चन्द्र ग्रहण पूर्ण र आंशिक गरी दुई प्रकारको हुन्छ । सामान्य रूपमा भन्ने हो भने चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हामी हेर्छौ ।

प्रकाशित : असार ३०, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?