कान्तिपुरकर्मीलाई आईसीटी अवार्ड
काठमाडौं — लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको लिभिङ विथ आईसीटीले शनिबार विभिन्न १० विधामा अवार्ड वितरण गरेको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ नारासहित भएको अवार्ड कार्यक्रममा विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कान्तिपुरकर्मी विजय तिमल्सिनाले मिडिया पर्सन आईसीटी अवार्ड प्राप्त गरे । यस्तै पायोनियर आईसीटी अवार्ड महावीर पुन, नेपाली डायस्पोरा आईसीटी अवार्ड समीर मास्के, आन्टरप्रेनियर आईसीटी अवार्ड अमित अग्रवालले प्राप्त गरे ।
यस्तै डिजिटल गभर्नेन्स आईसीटी अवार्ड लोकसेवा आयोग, डिजिटल एजुकेसन आईसीटी अवार्ड नेपाल खुला विश्वविद्यालय, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड रक्तदान र पब्लिक च्वाइस आईसीटी अवार्ड किताब यात्रा प्रालिलाई प्रदान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अवार्ड वितरण गरेका थिए ।
प्रकाशित : श्रावण ३२, २०७६ १३:५१