१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाटो राम्रो छेउछाउको हिउँले

काठमाडौं — वरिपरि डाँडाकाँडामा हिउँ परेपछि चरिकोट अझ सुहाइलो देखिन्छ, बुलाकी लगाएकी महिलाजस्तै । कालिञ्चोक र शैलुङ क्षेत्रतिर सोमबार अपरान्हदेखि हिउँ खस्न थालेपछि उक्त सानो पहाडी सहरको वातावरण रमाइलो भएको थियो । तर हिउँ देख्नेका लागि जति रमाइलो हो भोग्नेका लागि त्यति नै कष्ट पनि । हिमाली भेगका जनताका लागि हिउँ आफैंमा कहर हो ।

बाटो राम्रो छेउछाउको हिउँले

मंगलबार राजधानी फर्कने क्रममा यो दु:ख पनि भोगियो । बोचबाट गाडी अलि के उकालिएको थियो, रातिको हिमपातका कारण बाटो भासिएकाले दुई घण्टा जाममा फसियो । जाम खुलेपछि पनि खरिढुंगादेखि मुडेसम्म गाडी आफ्नो गतिमा हिँड्न सकेन ।

हिउँमा चिप्लने भयले चालकले बिस्तारै हाँके । बाटो वरपर बाक्लै हिउँ जमेको थियो । सडकमा पनि राम्ररी पग्लिएको थिएन । जेहोस्, हिउँले सेताम्मे खरिढुंगा क्षेत्रको दृश्य सुन्दर देखिन्थ्यो । राजमार्गका यात्रुहरू रमाइरहेका थिए । गाडी रोकेर हिउँ खेल्न निक्लिएका थिए उनीहरू । आखिर हिमालको देशका सबैले सँधै हिउँ खेल्न कहाँ पाउँछन र !

प्रकाशित : पुस १९, २०७३ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?