कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आठ कुमारीको बृहत् पूजा (भिडियो)

ललितपुर — कुमारी परम्परालाई जगेर्ना गर्न उपत्यकाका नेवार समुदायका महिलाहरू जुटेका छन् । उनीहरूले आफ्नै खर्चमा शनिबार उपत्यकाका विभिन्न स्थानका ८ कुमारीको ‘भ्वय्ब्व’ राखी पूजा गरेका छन् ।

आठ कुमारीको बृहत् पूजा (भिडियो)

कुमारीका अगाडि एक मुरी चिउरामाथि माछा, अदुवा, भट्टमासजस्ता परिकारलाई नेपाल भाषामा ‘भ्वय्ब्व’ भनिन्छ ।

काठमाडौंको हयुमत मिसा पुच: (महिला समूह) को आयोजनामा गरिएको पूजामा वसन्तपुर, मखन, किलागल, टोखा, साँखु, बुंगमती, ह:खा र आजीवन गरी ८ कुमारीको पूजा गरिएको थियो । पूजामा काठमाडौं किलागलका मिसा पुच: (महिला समूह), मुकु बहाल, कोहिटी, त्यागलगायत टोलका महिला समूह सहभागी थिए । ज्यापु महागुठीमा आबद्ध ३६ टोलका महिला प्रतिनिधि पनि सहभागी थिए । हयुमत मिसा पुच:का अध्यक्ष ज्ञानशोभा महर्जनले सबै कुमारीलाई एकै स्थानमा भेला गराएर समस्याबारे छलफल गर्ने योजना रहेको बताइन् । ‘२०७० मा आयोजित पूजाकै कारणले पनौतीमा लोप भइसकेको कुमारी परम्परा ८० वर्षपछि पुन: निरन्तरता भएको छ,’ उनले भनिन् ।

साँखुका प्रदीप वज्राचार्यले राज्य पक्षबाट मल्लकालमा पूजाको व्यवस्था राज्यबाटै हुने गरे पनि अहिले नभएको बताए । ‘दसैंमा गुठी संस्थानको सहयोगमा पूजा हुँदै आएको छ,’ उनले भने, ‘अरूबेला कुमारीलाई गरिने दैनिक, मासिक पूजा तथा प्रसादग्रहणमा गर्न लाग्ने खर्च आफैंले व्यहोर्दै आएका छौं ।’ 

प्रकाशित : पुस २४, २०७३ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?