१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

त्रिवि रेक्टर त्रिपाठीको गाडीमा आगजनी

कान्तिपुर संवाददाता

काठमाडौं — त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) सुधा त्रिपाठी को गाडीमा आगजनी गरिएको छ ।

अपरिचित दुई व्यक्तिले कुपण्डोलस्थित यूएन पार्क नजिकै बा २ च ५६३० नम्बरको मारुती सुजुकी गाडीमा आगजनी गरेका हुन् ।

त्रिवि रेक्टर त्रिपाठीको गाडीमा आगजनी

त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) सुधा त्रिपाठी को गाडीमा आगजनी गरिएको छ ।

अपरिचित दुई व्यक्तिले कुपण्डोलस्थित यूएन पार्क नजिकै बा २ च ५६३० नम्बरको मारुती सुजुकी गाडीमा आगजनी गरेका हुन् ।

आगजनीलगत्तै पुगेको प्रहरीले आगो निभाएको छ ।

अनेरास्ववियु अध्यक्ष नविना लामाले स्ववियु चुनाव भाँड्न शिक्षाध्यक्षको गाडीमा आगजनी गरिएको भन्दै भर्त्सना गरेकी छन् । ‘यसको जिम्मा कि चुनाव भाँड्ने संगठनले लिनुपर्छ,’ उनले भनिन्, ‘नभए राज्यले जिम्मेवारी लिनुपर्छ ।’

प्रकाशित : फाल्गुन २, २०७३ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?