मैना सुनारकी आमा भन्छिन- 'फैसलाको कार्यान्वयन पछि पूर्ण न्याय पाएको अनुभूति हुनेछ'

नगेन्द्र अधिकारी

काठमाडौं — काभ्रे जिल्ला अदालतले छोरी मैना सुनुवारको गैरन्यायिक हत्यामा संलग्न सैनिक अधिकारीहरुलाई जन्मकैदको सजाय हुने फैसला गरेपछि आमा देवी सुनारले ढिलै भएपनि सत्यको विजय आवश्य हुँदो रहेछ भन्ने कुरा पुष्टी भएको बताएकी छिन् । उनले १५ बर्षीया छोरीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै झण्डै १४ बर्षदेखि लड्दै आएकी छिन् । यही बीच उनका पति पूर्णले आत्महत्यासमेत गरे ।

मैना सुनारकी आमा भन्छिन- 'फैसलाको कार्यान्वयन पछि पूर्ण न्याय पाएको अनुभूति हुनेछ'

'यस अवधीमा हामीले सर्वस्व गुमायौं । अदालतको फैसलाले अलिकति न्याय पाएको अनुभूति भएपनि पुगेको छैन । अव अदालतको फैसलालाई कार्यन्वयन गरेपछि बल्ला न्यायको अनुभूति हुनेछ' देवीले कान्तिपुरसंग भनिन् ।

मैना सुनार हत्या प्रकरण : तत्कालिन तीन सैनिक अधिकारीलाई जन्मकैद फैसला

प्रकाशित : वैशाख ४, २०७४ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?