रेखा थापाले गरिन् नेपाली प्रजातन्त्रको परिभाषा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली सिनेमाकी हिट हिरोइन स्थानीय निर्वाचनको रौनकमा तातिएकी छिन् । केही समयअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापा अहिले चुनावी प्रचार अभियानमा छिन् । यही क्रममा उनले नेपाली प्रजातन्त्रको परिभाषा दिएकी छिन् ।

नेपाली सिनेमाकी हिट हिरोइन स्थानीय निर्वाचनको रौनकमा तातिएकी छिन् । केही समयअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापा अहिले चुनावी प्रचार अभियानमा छिन् ।

यही सिलसिलामा बुधबार चितवन आइ पुगेकी थापाले मन्तब्य दिने क्रममा अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रको परिभाषा उदृत गर्दै नेपाली भर्सनलाईसमेत बताउन भ्याइन् । उनले भनिन्, 'अब्राहम लिंकनले प्रजातन्त्रलाई 'फर द पिपल, बाइ द पिपल र अफ द पिपल' भनेका थिए । तर, नेपाली नेताहरुले एफएआर 'फार', बीयूवाइ 'बाई' र ओएफएफ 'अफ' द पिपल बनाएका छन् ।'

प्रकाशित : वैशाख ७, २०७४ १८:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपत्यका ट्राफिक व्यवस्थापन सुधार्न महानिरीक्षकको निर्देशन

दीपेन्द्र विष्ट

काठमाडौं — प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै तत्काल सुधार गर्न मातहतको नियकालाई निर्देशन दिएका छन् ।

ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिका फितलो भएको भन्ने जनगुनासो बढेपछि महानिरीक्षक अर्यालले उपत्यका ट्राफिक महाशाखाका प्रमुख मिङमार लामालगायत सबै परिसर, बृत्त र प्रभाग प्रमुखलाई  आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएका हुन् । 

‘लामो समय ट्राफिक जाममा पर्खिनु परेको जनगुनासो बढेको छ’, अर्यालले भने, ‘ त्यसकारण ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिएको छु ।’ साथै यात्रुसँग सहजरुपमा व्यवहार गर्न पनि सबै प्रमुखलाई उनले निर्देशन दिए ।

ट्राफिक व्यवस्थापनका लागि सबै किसिमको सहयोग उपलब्ध गराउने भन्दै उनले यात्रुलाई सहजरुपमा गन्तव्यमा पुर्‍याउन ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी भएको बताए । उपत्यकामा ट्राफिक प्रहरीका २ परिसर, १० वृत र २५ प्रभाग छन् । 

 

प्रकाशित : वैशाख ७, २०७४ १८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT